Please Update Your Browser.

महिलाको कोठामा प्रहरी पस्दा…………………….

 

बझाङ्, १८ भदौं । जनताको सुरक्षामा खटिने प्रहरी नै मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पसेपछि स्थानीयले चर्को विरोध गर्दै कारबाहीको माग गरेका छन् ।

शुक्रबार राती १२ बजे वडा प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान पदम साउद मदिरा सेवन गरी महिला सुतीरहेको कोठामा पसेको स्थानीयको भनाइ छ । मदिरा सेवन गरी प्रहरी जवान साउद राती एक्कासी महिला सुतीरहेको कोठामा पुगेपछि महिलाले चोर आयो भन्दै होहल्ला गरी छिमेकीलाई बोलाएकी थिइन् ।

महिलाले छिमेकीलाई बोलाएपछि साउद भागेर वडा प्रहरी कार्यालयभित्र पसेको छिमेकी लोकेन्द्र खड्काले बताए । जनताको सुरक्षामा खटिने प्रहरी नै यसरी मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पस्नु लज्जापद कुरा भएको बताउँदै उनले भने हामीले विश्वास र भरोसा मानेको प्रहरी नै यस्ता कार्यमा संलग्न भएपनि हामी न्याय माग्न कता जाने ।’

प्रहरी जवान साउदमाथी कारबाहीको माग गदै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका छन् । राती महिला सुतिरहेको कोठामा मदिरा सेवन गरी प्रहरी पसेको कुरालाइ गम्भिर रुपमा लिइ सदरमुकाम चैनपुरका स्थानियहरुले उक्त प्रहरीलाई कडा कारबाहीको माग राखेपछि प्रहरी जवान साउदलाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।

प्रहरी जवान पदम साउदलाई विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ऋषिराज कँडेलले बताए ।