Please Update Your Browser.

नेपालमा किन ढिलो खुल्छन् गुगल एप्लिकेशनस् जिमेल र यूट्युब ?

काठमाडौं, १८ भदौ । आइस्पानले केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको बारेमा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटनाप्रति ध्यानकार्षण भएको जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले धेरै संख्याका प्रयोगकर्ताबाट गुनासो बढ्न थालेपछि ध्यानाकर्षण भएको बताएको हो ।

गुगलले ४ बर्षदेखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको पनि आइस्पानले जनाएको छ ।

हाल गुगलले नेपालको आईएसपी कम्पनीहरुसँग अलग भएर नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको र गुगलको यस निर्णयकाकारण ४ वर्षदेखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभरलाई विगत केही महिनादेखि गुगलले स्तरउन्नोति नगरेको पनि आइस्पानको भनाई छ । जसकाकारण बढी प्रयोग हुने समय (वेलुका) मा सरभरहरुको क्षमता अपुग भईरहेको छ ।

इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन नसकेको र अर्काे तर्फ गुगलले आफ्नो सरभर राख्न पनि ढिलाई गरिरहेको भनाई आइस्पानको छ ।

जबसम्म गुगलले आफ्नो सरभरको स्तरउन्नोति गर्दैन तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुने पनि आइस्पानको भनाई छ ।

प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधाप्रति आइस्पानले क्षमा माग्दै गुगलले तत्काल यो समस्याको समाधान गर्नेछ भन्ने आसा व्यक्त गरेको छ ।