Please Update Your Browser.

एकलौटी टिकट वितरण गर्दाको परिणामः फोरम प्रदेश नम्बर २ की अध्यक्ष रेणु यादव कार्यकर्ताको घेराउमा

राजविराज, १९ भदौ । निर्वाचनको टिकट एकलौटी ढंगले वितरण गरेको आरोपमा संघीय समाजवादी फोरमकी बरिष्ठ उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष रेणु यादव आफ्नै कार्यकर्ताको घेराउमा परेकी छन् ।

सप्तरीका केही स्थानीय तहको टिकट वितरणमा एकलौटी गरेको भन्दै आज असन्तुष्ट कार्यकर्ताले यादवलाई उनकै घरभित्र थुनेर घर अगाडी प्रदर्शन गरेका छन् ।

रेणुले बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र सिंहको टिकट खोसेर आफू निकटका चित्रंगन यादवलाई टिकट दिएको आरोप असन्तुष्ट कार्यकर्ताको छ । असन्तुष्ट कार्यकर्ताले यादवको घर अगाडि सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।