Please Update Your Browser.

पत्रकारीताको आडमा धम्क्याउदै हिड्ने राजेश बराल प्रहरी खोरमा

इटहरी, २१ भदौ । पत्रकारीताको आडमा अरुलाई धम्क्याउदै हिड्ने राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी क्षेत्रका महिलाहरुको उजुरीका आधारमा प्रहरीले बराललाई सोमबार पक्राउ गरेको हो । बरालका बिरुद्ध ५० जना भन्दा बढिको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको छ ।

बरालले फोन गरेर ‘यौन दुव्र्यवहार’ गरेको प्रहरीमा दर्ता भएका उजुरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बरालले पटक–पटक इटहरी क्षेत्रका महिलाहरुलाई राती– राती फोन गर्ने गरेको, श्रीमान श्रीमतीमा झगडा लाइदिएको उजुरी परेको छ ।

इटहरीवासी बरालले कुनै बेला आफूलाई फोटो पत्रकार भन्दै परिचय दिने गरेका थिए । केहि समय एभिन्यूज टेलीभिजनमा क्यामेरा पर्सनको रुपमा समेत काम गरेका बरालले व्यापारीसँग पैसा असुलेको भन्दै टेलीभिजनले केहि बर्षअघि निश्कासन गरेको थियो । त्यसपछि इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकमा प्रबन्धक तथा उप सम्पादकको जिम्वेवारी पाएका थिए । बराललाई एक महिना अघि पूर्वी बजार दैनिकले समेत कामबाट निकालेको सप्पादक प्रेम बाँस्तोलाले बताए ।

बरालले पत्रिकामा बिज्ञापन माग्दा समेत व्यपारीलाई धम्क्याउने गरेको गुनासो आउने गरेको थियो । बिज्ञापन दातालाई बिज्ञापन नदिए जे पनि गरिदिने धम्की दिने गरेको चर्चा समेत इटहरी बजारमा थियो । नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य समेत रहेका बरालमाथि यस अघि पटक पटक कुटपीट समेत भएको थियो । तर उनले कहि कतै उजुरी भने गर्ने गरेका थिएनन् । आफूलाई पत्रकार भन्ने अनि धम्क्याउदै हिड्ने बरालका बिरुद्ध उजुरी परेपछि छान बिनकालागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक सञ्जय राउतले बताए ।

उनले अहिलेसम्म ५० जना भन्दा बढिको उजुरी आइसकेको जानकारी दिए । उजुरी पर्ने क्रम मंगलबार पनि रोएकएन । सोमाबर ३० वटा जति उजुरी परेकोमा आज थप २० वटा परेको के भएको हो हामी अनुसन्धानमा छौ राउतले भने–‘अधिकांश उजुरी महिलालाई टेलीफोन गरेर यौन दुव्र्यवहार गरेको भन्ने विषयमा परेका छन् ।’उनले सार्वजनिक अपराध अन्तरगत मुद्या चलाउने तयारी भइरहेको र थप प्रमाण भेटिए अन्य बिषयमा समेत मुद्या चलाइने बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले यौन दुव्र्यवहार गरेको बिषयमा उजुरी परेकाले अनुसन्धान गर्न महासंघले सहयोग गर्ने बताए । अपराध गरेको हो भने कारवाही हुनुपर्छ । पत्रकारका नाममा अपराध गर्ने कसैलाई छुट नभएको उनले बताए ।