Please Update Your Browser.

विद्यालयको गाँजा प्रकरणः ‘हेड सरले कक्षा कोठामै धम्क्याए विद्यार्थी’

धम्क्याएको होइन सोधेको मात्र होः प्राधानाध्यापक

पाँचथर, २४ भदौ । केहि दिन अघि प्रकाशन भएको समाचार स्रोतलाई लिएर फिदिम माविका प्राधानाध्यापक दुर्गाराज खत्रीले कक्षा कोठामै विद्यार्थीहरुलाई धम्क्याएका छन् । फिदिम माविका विद्यार्थीहरु गाँजा र गाँजा खाने वाटरगन सहित पक्राउपरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन प्रसारण भएपछि विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीले कक्षा कोठामै गएर कसले विद्यालयको बारेमा के–के भन्यो पत्रकारलाइ सूचना दियो ? भन्दै धम्क्याउन गरेको खुलासा भएको छ ।

सदरमुकामको सामुदायीक विद्यालय फिदिम माविका २ जना विद्यार्थीहरु गाँजा र गाँजा खाने वाटरगन सहित प्रहरीले पक्राउ गरेको थियो । सोही दिन विद्यालय समयमा समेत कक्षा शिक्षकले अन्य २ जना विद्यार्थीलाई विद्यालय छेउको बाँसघारीमा गाँजा खाइरहेको अवस्थामा भेटेपछि कक्षा कोठावाट लिकालेका थिए ।

उक्त समाचार प्रकाशन÷प्रसारण भएपछि विद्यालयका प्रधानाध्यापक खत्रीले कक्षा ९ र १० का विद्यार्थीहरुलाई “कस्ले सूचना दियो पत्रकार लेखनाथ खतिवडा ‘सिकारु’ क–कस्ले चिन्छौं” भन्दै विद्यार्थीहरुलाई मानसिक यातना दिएको विद्यार्थीहरुले बताएका छन् ।

“हेड सरले हामीलाई अभिभावकिय भूमिका खेल्नु पर्नेमा उल्टै वद्मासी गर्नेहरुको पक्षमा लागे जस्तो गरेर हामीलाई धम्क्याए” एक विद्यार्थीले भने । प्रधानाध्यापक नै यसरी विद्यार्थी र शैक्षिक क्षेत्रको सुधारमा नलागेपछि विद्यालय अहिले त्यस्ता खालका अनुचित कृयाकलाप गर्ने विद्यार्थीहरुको वोलवाला हुन थालेको उनिहरुको गुनासो छ । कसैले केहि भन्दैन कक्षा कोठामा कोचिएर वस्नु पर्छ जस्ले जे गरेपनि हुने भो हाम्रो स्कुल उनिहरु भन्छन् ।

“तिमिहरुले यस्ता गतिविधिहरुको वारेमा हामीलाई अर्थात विद्यालय प्रशासनलाई सूचना नदिइ किन पत्रकारहरुलाइ दिएको कस्ले दिएको” भनेर सोधेको मात्र हो धम्क्याएको होइन खत्रीले भने । “विद्यालयमा भएका यस्ता गतिविधिहरु सार्वजनिक नहोस भन्ने मात्र हो म त विद्यालयको अभिभावक पनि त हो नि” खत्रीले थपे ।