Please Update Your Browser.

गृह जिल्ला पुगेर भीम रावलले के भने ?

कमल रावल,

अछाम, ३१ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री भीम रावलले राजनीतिक अधिकारका कुरा नभई साझा विकासका एजेण्डा लिएर सबै अघि बढ्नुुपर्ने बताएका छन् ।

साँफेबगर नगरपालिका अछामको प्रथम नगरसभाको उदघाट्न गर्दै रावलले स्थानीय तह र सरकारले सबै हक अधिकार पुरा गर्नका लागि लाग्नुपर्ने बताए । राम्रो कुरालाई राम्रो र नराम्रोलाई नराम्रो कुरामा राखेर अघि बढनुुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलले समग्र अछाम जिल्लाको विकासका लागि नेकपा एमालेको एजेण्डा पहिलो भएको बताए । कसैको इशारामा एमाले नझुुकेर समग्र देशका विकासका लागि अघि बढ्ने उनले बताए ।

साँफेबगर नगरपालिकाका मेयर कुुल बहादुर कुुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सुुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाह, पुुर्व साँसद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवर, जिल्ला समन्वय समिती अछामका सँयोजक नर बहादुर कुँवर, जिविस महासँघ केन्द्रिय प्रवक्ता कृष्ण प्रसाद जैशी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरपालिकाको ४९ करोड, ८८ लाख, २४ हजार, ७ सय ९१ ?पैया बराबरको बजेट सहित २०७४।०७५ को नीति तथा कार्यक्रम नगर प्रमुुख कुुल बहादुर कँुुवरले प्रस्तुत गरेका थिए ।