Please Update Your Browser.

सृजनशील शाखाका लागि इन्टरनेट सेवा

अछाम, ७ असोज । सरकारी सेवा सुबिधा र सुचनाको हक सम्बन्धी आमजनतालाई जानकारी गराउन अछाम जिल्लाको बान्नीगढीमा इन्टरनेट सेवासहितको सृजनशील शाखा स्थापना गरिएको छ ।

एफएमडिसी कैलालीद्वारा अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्रामा आयोजित कार्यक्रममा एफएमडिसीका कार्यकारी निर्देशक तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले वडा अध्यक्ष हिरण्ड खड्कालाई इन्टरनेट सहितको कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सृजनशील शाखाले यो गाउँको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले गाउँका थाहा नभएका जनतासम्म सुुशासन र सुुचनाको पहुँच पुर्याउन मद्दत पुग्ने भन्दै गाउँपालिकाले कसैलाई पनि सुचनाको हकबाट बन्चित नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार उमीद बागचन्दले सुशासन र सुचनाको हकको पहुँच यस गाउँका आम जनतासम्म पुर्याउन सृजनशील शाखा स्थापना गरिएको जानकारी दिए ।

उनले कैलाली, डोटी र अछाम जिल्लाका विभिन्न गाउँ र सामुदायिक बनहरुमा सञ्चालित सामाजिक पारस्पारिक जवाफदेहिता कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिए ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष हिरण्ड खड्काले सृजनशील शाखा स्थापनासगै सुचना प्रविधि भित्रिनुले गाउँको विकासमा टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

साझा सभाका संयोजक शिब तिरुवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुुर्व गाबिस अध्यक्ष नरबहादुर खड्का, हिक्मत बहादुर खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमका सहभागिलाई सामाजिक परिचालक रामबहादुर थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा एफएमडिसीका कार्यवाहक अध्यक्ष नविन सिलाधरले धन्यवाद ज्ञापन गरेका थिए ।