Please Update Your Browser.

नागरिक सहयोगी कार्यकर्तालाई तालिम

धनगढी, २ असोज । सरकारी सेवा सुविधामा पहुँच नभएका समुदायको पहुँच बढाउन एफएमडिसी कैलालीले थालनी गरेको ’हामी नेपाली हाम्रो नेपाल एक“ अभियान अन्तर्गत नागरिकता सहयोगी कार्यकर्ताका लागि सञ्चालित आधारभुत तालिम धनगढीमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागिहरुलाई कानुन व्यवसायी प्रभात क्षेत्री, जिल्ला न्यायाधिवक्ता प्रकाश बहादुर भण्डारी, जिल्ला प्रशासनका प्रशासकिय अधिकृत यादव भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्रबहादुर मल्ल र एफएमडिसीका कार्यकारी अधिकृत उमिद बागचन्द लगायतले कानुनी साक्षरता, सुचनाको हक, सरकारी सेवा सुबिधामा लागि गरिने प्रक्रियाका बारेमा प्रशिक्षण दिएका थिए ।

दुई दिनसम्म भएको तालिममा धनगढी उपमहानगरपालिकाका ८ वडा वडाका सामाजिक परिचालक र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहभागिहरुले यस तालिमबाट आफुहरुले नागरिकता र सरकारी सेवा सुविधाका बारेमा थाहा पाएको बताए । हामी नेपाली हाम्रो नेपाल अभियान ३ वर्षदेखि कैलालीका ३ वटा नगरपालिका र साविकका तीन वटा गाविसमा सञ्चालन भईरहेको छ ।

सोही कार्यक्रम यस वर्षदेखि धनगढी उपमहानगरपालिकाका ८ वटा वडामा सञ्चालन हुने एफएमडिसी कैलालीका कार्यकारी निर्देशक बागचन्दले जानकारी दिए । नागरिकतालगायत सरकारी रजिष्ट्रेशनबारे आम नागरिकलाई सचेत गराउनु र राज्यविहिनताको अवस्थाबाट त्यस्ता नागरिकलाई मुक्ति दिलाउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

सबै खाले सरकारी सेवा सुविधाका बारेमा सहज रुपमा नागरिकलाई जानकारी पु¥याउन नसकिएका गाउँबस्तीमा एफएमडिसीले गत ३ वर्षदेखि सहज रुपमा पुर्याउने प्रयास गरिरहेको कार्यकारी निर्देशक बागचन्दले बताए ।