Please Update Your Browser.

रौतहटमा डेंगुको महामारी

काठमान्डौँ, २३ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका १ पौराई बजार टोलको एक बस्तीमा डेंगुले महामारीको रुप लिएको छ ।
बस्ती नै महामारीको चपेटामा परेको स्थानीय स्वास्थ्यकर्मीले बताए । एक साताअघि डेंगुको कारण सोही बस्तीका ३१ वर्षीय मोतिलाल गोलेको मृत्यु भएको थियो ।

ज्वरोले थलिएका उनलाई भरतपुर उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । अस्पतालका चिकित्सकले डेंगुको कारण गोलेको मृत्यु भएको पुष्टी गरेपछि गाउँले चिन्तित छन् ।

करिब तीनसय परिवारको बसोवास रहेको उक्त सुकुम्वासी बस्तीका प्रत्येक घरमा एकदेखि तीनजना मानिसमा बिरामी भएको स्थानीय स्वास्थ्यकर्मी राजेश साहले जानकारी दिए ।

‘बस्ती अधिकांश मानिस बिरामी परेका छन्,’ उनले भने, ‘धेरैमा डेंगुको लक्षण देखिएको छ । बस्तीलाई जोगाउन स्वास्थ्यकर्मीको विशेष टोली गाउँमा खटिनुपर्छ ।’

डेंगुको प्रकोप कम गर्न आफूले सक्दो प्रयास गरेको तर त्यो पर्याप्त नहुँने उनले बताए ।

-कान्तिपुर