Please Update Your Browser.

राजनीतिको रेलिमाई

अहिले देशको मौसमी विवरण अनि राजनीतिक बजार उस्तैउस्तै छ । गृष्मको आगमन हुँदै गर्दा प्रिमनसुन लामै समय अडिएकाले मौसममा तापीय उष्णता कमै छ । उता वाम गठबन्धनको प्रचण्ड बहुमतको सरकार बनेसँगै राजनीतिक बजारमा पनि उतिसारो उतारचढाव छैन । त्यसैले राजनीतिक तापमानको विन्दु भने स्थिरझैं प्रतीत हुन्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी दुई दिने नेपाल भ्रमणमा आए र गए । उनले विगतको पहिलो भ्रमणमा जस्तै नेपाल–भारतका अनेकन किस्सा सुनाए । भाषणवाज मोदीले दुई देशबीचको सम्बन्धको लामै बखान गरे । उनले नेपाल र नेपालीप्रति असाध्यै स्नेह दर्शाएर नेपाली जनताको मन जित्ने प्रयत्न गरे । अनि नेपालको विकासमा भारत सादेझार हुने वचन पनि दिए ।

मनिकर कार्की निवर्तमान

नेपाल भारतबीच कनेक्टिभिटी योजनालाई प्राथमिकता दिएको बताउने उनले आफ्नो साझेदारीलाई ‘५ टी’ अर्थात् ट्रेडिसन ९परम्परा०, ट्रेड ९व्यापार०, टुरिजम ९पर्र्यटन०, टेक्नोलोजी ९प्रविधि०, ट्रान्सपोर्टेसन ९यातायात० को माध्यमबाट अभिव्यक्त गर्ने वचन दिए । उनले नेपालको बिजुली उत्पादन क्षमताको प्रशंसा गर्दै त्यसको व्यापार पनि दुई देशबीचको आर्थिक लाभको क्षेत्र हुने घोषणा गरे । यति भन्दै गर्दा राजनीतिक चतु¥याइँ प्रस्तुत गर्दै मोदीले अन्तरदेशीय सम्बन्धलाई दाजुभाइको सम्बन्धमा सीमित गरिदिए । अनि विगतमा जस्तै तेलदेखि रेलसम्मका कुरा गरे र जसरी आएका थिए, उसैगरी बिदा भए । यद्यपि उनीप्रति यस पटक जनस्तरमा अघिल्लो पटकको जस्तो सम्मोहन देखिएन । बरु दुई वर्षअघिको नाकाबन्दीको आहत खेप्न अभिसप्त जनहरूले विभिन्न माध्यमबाट खबरदारी गरिरहे । तर, यस पटक भने सरकारले उनलाई खुसी बनाउन कुनै कसर बाँकी राखेन । ओली सरकारले सायद उपहारस्वरूप विगत लामो समयदेखि विवादित बनेको ९०० मेगाबाट उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत परियोजना भारतलाई सुम्पेको छ ।

मोदी भ्रमणले राजनीतिमा केही तरङ्ग सिर्जना त ग¥यो नै तर पनि आन्तरिक राजनीतिक समीकरण अनि शक्तिसन्तुलनभित्र धेरै हलचल भने ल्याएन । सायद सरकारको सत्कार र सम्मानबाट द्रवीभूत भए हुनन्, मोदीजी । मोदी भ्रमणको एपिसोडबाहेक अहिले राजनीति ठीकठीकै पाराले अघि बढेको छ । राजनीतिमा अहिले न त कुनै घर्षण छ, न त आकर्षण नै । त्यही वाम एकताको कुरो अल्झिरहेको छ, सायद यो प्रक्रियाको अन्तिम टुङ्गो लागेपछि राजनीतिको आगामी कोर्स पनि तय हुनेछ । त्यसैले अहिले सबैले पर्ख र हेरको नीति अख्तियार गरेका छन् र देशको राजनीति रेलिमाई शैलीमै चलिरहेको छ ।

यो देशमा केही नयाँ शैली, संस्कार, चिन्तन र विचारसहित विकल्पको खोजी गर्ने भन्दै अगाडि आएका नयाँ शक्ति र विवेकशील साझा जस्ता वैकल्पिक राजनीतिक पार्टीहरू पनि छन् । उनीहरूले आफूलाई सचेत प्रतिपक्ष दाबी गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो हैसियत स्थापित गर्ने चेष्टा गरिरहेका छन् ।

प्रतिपक्षको प्रस्तुति निम्सरै छ, किनकि उसँग सबै प्रकारका बेथितिविरुद्ध आवाज बुलन्द गर्ने नैतिक साहस छैन । बरा, वर्षौंदेखिको सरकारी पार्टी न हो । शैली, संस्कार अनि चिन्तन कसरी सत्तामा जाने भन्ने नै हुने हो । त्यहाँभन्दा बढी आशा गर्ने ठाउँ पनि छैन । क्षेत्रीय पार्टीकै उपमा पाएका केही पहिचान पक्षधर भनिने मधेसवादी पार्टीहरूले बेलामौकामा राजनीतिको तलाउमा ढुङ्गा हान्ने प्रयास भने गरि नै रहन्छन् । यद्यपि अहिले उनीहरूको गणित सिंहदरबारतिरै अल्झिएको छ । यो देशमा चरम् दक्षिणपन्थी पार्टीहरूको अवस्था गणतन्त्र आइसकेपछिका नागरिकमा रूपान्तरित भएका ‘राजा’को जस्तै छ । तै तै बेलामौकामा टाउको उठाएर उपस्थिति जनाइरहेकै छन् । त्यति भएपछि राजनीतिको कर्मकाण्ड सक्किगो ।

यो देशमा केही नयाँ शैली, संस्कार, चिन्तन र विचारसहित विकल्पको खोजी गर्ने भन्दै अगाडि आएका नयाँ शक्ति र विवेकशील साझा जस्ता वैकल्पिक राजनीतिक पार्टीहरू पनि छन् । उनीहरूले आफूलाई सचेत प्रतिपक्ष दाबी गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो हैसियत स्थापित गर्ने चेष्टा गरिरहेका छन् । बदलिएको राजनीतिक कोर्समा नयाँ भूमिकासहित स्थापित हुन खोजिरहेका यिनले अहिले नै राजनीतिमा ठूलो प्रभाव जमाउन सक्दैनन् तर सामाजिक सञ्जाल, सडक र सामाजिक आन्दोलनबाट उनीहरूले पहरेदारीको कोसिस गरिरहेका छन् ।

यसरी हेर्दा अहिले सरकार निकै कम्फर्टेबल जोनमा छ अहिले । तर जति नै कम्फर्टेबल जोनमा भए पनि आफ्नै विगतले भने गिज्याइरहेको देखिन्छ । खासगरी अहिले सत्तासिन कम्युनिस्ट घटकहरूले विगत केही वर्षयता अत्यधिक राजनीतिक मार्केटिङ गरेको राष्ट्रियताको मुखुण्डोको रङ खुइलिएसँगै तिनलाई आफ्नै विगतले नराम्रो गरी गिज्याइरहेको छ । अक्सर हामी लघु स्मृतिका दोषी हुन्थ्यौं । किनकि विगतको उदाहरण पटक पटक दोहोरिँदा पनि हामी त्यसलाई बेवास्ता गर्न पुग्छौं र फेरि झुठा आश्वासन र भाषणवाजीमा विश्वास गर्न पुग्छौं । अनि पटक पटक त्यही व्यक्ति, दल र प्रतिनिधिबाट आशा मात्रै गरिरहन्छौं । हो, गएको चुनावमा पनि हामीले फेरि तिनै पुरानालाई विश्वास गर्न पुग्यौं, किनकि तिनले राष्ट्रियताको चर्का नारा उराले अनि विकास र समृद्धिको जादुमय लोहोरी सुनाए । हामी त्यसैमा मुग्ध भएर फेरि सपनाको यात्रामा सयर गर्न पुग्यौं ।

कुनै समय यस्तो आयो– संविधान बनेसँगै संविधानले आफ्नो अधिकार र पहिचान सुनिश्चित नगरेको भन्दै आधादेश आन्दोलित भयो । तर संविधान बनेलगत्तै प्रधानमन्त्री बन्न पुगेका अहिलेकै प्रधानमन्त्री केपी ओलीको सरकारले तमासा हेरेर बस्यो । तमासा मात्र हेरेन सरकारले जसरी सडकमा आन्दोलनको उठान भइरहेको थियो, त्यसलाई सामाजिक सद्भाव बिथोल्ने तत्व करार गरिदियो । अनि घातक हतियार र चरम् दमनको नीति अख्तियार ग¥यो । ५० बढी नागरिक मारिए र आन्दोलनको अवधि झण्डै आधा वर्ष चल्यो । त्यही बेला दक्षिणी छिमेकीले छिमेकको घर झगडामा आफ्नो स्वार्थसिद्ध गर्न खोज्यो र नाकाबन्दी गरिदियो । त्यो नाकाबन्दीले आम नागरिकको दैनिकी नराम्रो गरी प्रभावित हुन पुग्यो । तर, सरकारले कथित राष्ट्रवादी हुङ्कार प्रदर्शन गरिरह्यो र आम नागरिकको दैनिकी सहज बनाउन कुनै पनि कूटनीतिक र राजनीतिक पहल गरेन ।

जसरी छिमेकीको हेपाहा प्रवृत्ति गलत थियो, त्यसैगरी भोको पेटमा राष्ट्रवादको राग भरिदिने सामन्तवादी राजनीति पनि गलत नै थियो । सीमान्तकृत समुदायले यो देशका नागरिक हुन पाउँ भन्दै गरेको आन्दोलन कुनै पनि हालतमा राष्ट्रियता विरोधी हुन सक्दैनथ्यो र थिएन पनि । तर राष्ट्रवादको गलत भाष्य निर्माण गर्न सफल भएको तत्कालीन सरकारले शासक समुदायको भेषभुषा, भाषा–संस्कृति र रहनसहनबाहेक सबैलाई जबर्जस्ती अनेपाली करार गरिदियो । उता नागरिकको दैनिकी एकातिर दुष्कर बन्दै थियो सरकार भने विकास र समृद्धिका अनेकन सपना सुनाइरहेको हुन्थ्यो ।

नाकाबन्दीका कारण मुलुकभर इन्धनलगायतका सामग्रीहरूको चरम् अभाव भइरहँदा सरकारका प्रधानमन्त्री फर्मान जारी गर्थे– ‘अब काँधमा सिलिन्डर बोकेर हिँड्न दिन गए । अब घरघरमा पाइपलाइनबाट ग्यास ल्याइदिन्छु’ । राष्ट्रियताकै खातिर इन्धन अभावले कष्ट भोग्दै गर्दा सरकार भने डिपो खोलेर दाउरा बेच्ने बस्थ्यो । इन्धनकै सङ्कटले सवारीसाधन चल्न नसकेर घन्टौं हिँड्न बाध्य यात्रुलाई सरकार बिजुली गाडी र मुख चुच्चे रेलमा हुइँक्याउने कहानी सुनाउँथ्यो । अझ रमाइलो त आफ्नै तेलको कुवाबाट त्यही भारत र साउदी अरबलाई तेल बेच्ने सपना सुनाइरहेको हुन्थ्यो ।

सपना देख्नुपर्छ । अझ कल्पना गर्नुपर्छ भनौं । अनि ती शृङ्खलाबद्ध रूपमा देखाइएका सपनाले हामीसँग भएको सम्भावनाहरूलाई सङ्केत गरेको बुझ्न त्यति कठिन थिएन पनि । तर जुन बेला ती सपनाहरू सुनाइयो, लाग्थ्यो नागरिकको दुष्कर जीवनमाथि निकै ठूलो प्रहसन चल्दैछ । के राज्यको दायित्व त्यही थियो रु अनि हामी ती सबै सम्भावनाहरूबारे साँच्चिकै बेखबर नै थियौं रु अनि भोको पेटको ओखती भोजनको साटो भजन नै थियो रु विगतका दसकहरूमा हामीले तिनै सम्भावना अनि हामीसँग भएको प्राकृतिक स्रोत र साधनको महिमा गाउनमै खर्चिइएको होइन रु काव्यात्मक रूपमा मात्रै हुने भए, लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ रु शीर्षकको निबन्धमा सबै सम्भावनाहरू औंल्याइदिएको आज सात दसक बितिसक्यो । तर हामीले ती सम्भावनालाई वास्तविकतामा किन बदल्न सकेनौं .

आज साढे दुई वर्षपछि तिनै केपी ओली सरकारमा छन् तर अलि फरक र शक्तिशाली अवतारमा । तर पाश्र्वमा दृश्यहरू केही परिवर्तित छ आज । केपी ओली इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् । अनि नागरिक तहमा विकास र समृद्धिको आशा पनि उच्च विन्दुमा पुगेको छ । स्वभाविक रूपमा राजनीतिक सम्मोहनमा चल्ने समाजमा अपेक्षा हुने नै भयो । तर आज पनि उनी त्यसैगरी ठट्यौली शैलीमा तिनै सपनाहरूको बिस्कुन मात्र लगाइरहेका छन् । नागरिकको वस्तुगत अवस्थामा कुनै परिवर्तन आएको छैन । स्रोत, साधन, प्रविधि र ज्ञानको सीमितताका बीच चुलिएको अपेक्षालाई सम्बोधन गर्नु नै अहिलेको चुनौती हो । बिहानीले दिनको सङ्केत गर्छ भनेजस्तो सरकारले फेरि पनि तिनै पुराना सपनाहरूलाई पुनः मुद्रण गरेर रेलिमाई राजनीतिको पुनरावृत्ति गरिरहेको छ । तर समृद्धिको सपना बाँडिरहेका प्रधानमन्त्रीले बुझ्नुपर्छ– रेलिमाई राजनीतिले मुलुक र नागरिकको हित हुँदैन । रातोपाटीबाट