Please Update Your Browser.

‘लम्फू’बाट कविरको संभावना

चलचित्र ‘लम्फू’को विशेष शो काठमाण्डौमा आयोजना गरिएको छ । चलचित्रको विशेष शोमा नव-नायक कविर खड्का र नायिका मरिष्का पोख्रेल उपस्थित थिए ।

शक्तिबल्दभ घोरासैनीको निर्माणमा तयार भएको यो चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो चलचित्रमा कविर, मरिष्काको साथमा चाँदनी शर्मा, सलोन बस्नेत, कुसाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रबाट नव-नायक कविर खड्काले संभावना देखाएका छन् । चलचित्रमा उनको अभिनय, नृत्य र लुक्सले दर्शकलाई तान्न सक्छ । कविरलाई अझै मिहिनेत गराउने हो भने उनले चलचित्र क्षेत्रमा राम्रो संभावना देखाउन सक्छन् ।

२ घन्टा ३० मिनेट लामो चलचित्रको कथावस्तु राम्रो छ । तर, चलचित्रलाई निर्देशकले निकै लम्बाएका छन् । चलचित्र भित्र अनावश्यक दृश्यहरु धेरै थुपरिएको छ । जसलेगर्दा, चलचित्रको कथावस्तु राम्रो हुँदाहुँदै पनि दर्शक मोबाइल चलाउन बाध्य हुन्छन् ।

चलचित्रका गीतसंगीत उत्कृष्ट छन् । अर्जुन पोखरेलले संगीत उत्कृष्ट दिएका छन् । गीतले भिडियो भने गतिलो पाएका छैनन् । शुक्रबारदेखि रिलिज भएको चलचित्रले औषत व्यापार गरेको छ ।