Please Update Your Browser.

नेपाल शिव सेनाको शाखा बिस्तार

नेपालगन्ज । नेपाल शिव सेना बाँकेलेले बाँकेको डुडुवा गाउँपालिका–२ मा जोखन यादवको अध्यक्षमा संगठन बिस्तार गरिएको छ ।

नेपाल शिव सेना केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्य तथा डुडुवा गाउँपालिकाका नेपाल शिव सेना प्रमुख गंगासागर बर्माको अध्यक्षतामा भएको भेलाले यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विद्याराम गोडिया, सचिवमा रामचन्द्र गोडिया, कोषाध्यक्षमा बाबाद्दीन गोडिया रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः रामनिवास गोडिया, मिट्ठु विश्वकर्मा, राममिलन धोबी, वंशीलाल पासी, नकछेद पासी, ननके चाँई, दयाराम गोडिया, रामशंकर चाँई, दिपराज, लालवक्श गोडिया, मोतीलाल पासी, सावितराम गोडिया, विक्रम गोडिया र तिरथराम बाहुन रहेका छन् भने महिला सदस्यमा सोनापति धोबिन र बिना गोडिया रहेकी छिन् । नेपाल शिवसेनाका केन्द्रीय सदस्य मदन राज शर्माले बताए ।