Please Update Your Browser.

कीर्ति आजादको धारणाप्रति एमालेको यस्तो आपत्ति

काठमाडौं । भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले नेपालको बिषयमा आपत्तिजनक धारणा राखेको भन्दै सत्तारुढ एमालेले कडा आपत्ति जनाएको छ । एमालेले नेपाल भारत सम्बन्ध बिगार्ने र नेपालीको स्वाभिमानमाथि प्रहार गर्ने भारतीय सांसदको भनाइको निन्दासमेत गरेको छ ।

भाजपा सांसद आजादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भ जोडदै ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनु पर्छ’ भन्ने ट्वीट गरेका थिए । उनको सो भनाई निन्दनीय रहेको एमालेको भनाई छ । एमालेको बैदेशिक मामिला बिभागले आइतवार बिज्ञप्ती जारी गरी आफ्नो आपत्तिजनक भनाई सच्याउन भाजपा सांसद आजादलाई सुझाएको छ भने यस्ता कुरा आउन नदिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

‘नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई समेत इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गर्नु निन्दनीय छ । हामी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथि गरिएको उक्त प्रहारको भत्र्सना गर्दछौं,’ बिभागका सचिव यादव शर्माले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित रहेको किटानीसमेत गरका छन ।

‘नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पु¥याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन हाम्रो पार्टी सरकारको ध्यानाकर्षण गराउँछ ।’

यस्तो छ बिज्ञप्ती

नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई समेत इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गर्नु निन्दनीय छ । हामी नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथि गरिएको उक्त प्रहारको भत्र्सना गर्दछौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिन्छ । नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन हाम्रो पार्टी सरकारको ध्यानाकर्षण गराउँछ ।

यादवचन्द्र शर्मा
सचिव