Please Update Your Browser.

तलमाथी परेको छ भने म जिम्मा लिन्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनै राष्ट्रघाति काम भएको भए त्यसको जिम्मेवारी आफुले लिने घोषणा गरेका छन् । व्यवस्थापिका संसदमा मोदीको भ्रमणका विषयमा जानकारी गराउदै नेपालको हित अनुसार भारतसँग सहमति भएको बताएका हुन् ।

‘ढुक्क भए हुन्छ साथीहरु, अध्ययन गरे हुन्छ, वक्तव्यहरु सार्वजनिक छन्, कामहरु सार्वजनिक छन्, हामीले जारी गरेको सयुक्त वक्तव्य, तत्काल केही नभएपनि वक्तव्यहरु जारी नै छन्, लाइभ छन्, कुनै शब्दमा पनि तलमाथी परेको छ भने म जिम्मा लिन्छु ।’ प्रधानमन्त्री ओलीले अगाडी भने,‘राष्ट्रहितलाई शिरोधार्य गरिएको छ, शिरमा राखिएको छ, मनमा राखिएको छ, कहिले पनि छोडिएको छैन ।’ मोदीको भ्रमण नेपालको हित विपरित रहेको भन्दै विरोध भईरहेका बेला उनले संसदलाई सो जानकारी गराएका हुन् ।

उहाले जनताले राष्ट्रप्रति देखाएको सजगताबाट आफु खुशी भएको समेत प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीले भारतसग भएका सहमतिले नेपाललाई फाइदा गर्ने उल्लेख समेत गरे । उनले भारतसगको सम्बन्धमा सुधार भएकाले अब छिट्टै चिन जान लागेको समेत जानकारी संसदमा गराए । प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डताका विरुद्ध देश भित्र र बाहिरबाट आएका अभिव्यक्तिको पनि कडा आपत्ति जनाए । उनले त्यस विषयमा मोदीले स्पष्ट पारेको जानकारी गराए ।