Please Update Your Browser.

यस्तो हुनेछ नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचना

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन् ।

ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ। चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ। आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए। दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने छ ।

पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णय दुवै पार्टीले अनुमोदन गर्नेछ। त्यसका लागि एमालेले आज नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले भन्नुभयो- एमालेका पूर्वमहासचिव स्व मदन भण्डारीको स्मृति आज नै पार्टी एकता घोषणा हुने एमालेको पुरानो कार्यालय बल्खुमा ओली र दाहालले सम्बोधन गरेर पार्टि एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको बताए ।

केन्द्रीय कमिटी: ४४१ सदस्यीय
एमालेबाट :२४१ र माओवादीबाट :२००
स्थायी समिति : ४३ सदस्यीय
एमालेबाट : २५ र माओवादीबाट; १८
पोलिटब्युरो :१४५ सदस्यीय 

४४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १४५ सदस्यीय बनाउने सहमति

दश तहका कमिटी

स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर ,उपमहानगर, नगररगाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी