Please Update Your Browser.

गोल्डेनलाई दोस्रो सफलता

 बाँके । नेपालगन्जको बसपार्कमा जारी तेस्रो सुनर रात्री क्रिकेट प्रतियोगितामा गोल्डेनले टस जिति पहिले ब्याटिङ रोजेको थियो। नेपालगन्ज वडा न। २१ पुरैनाको पुरैना लायन्स सँग भएको खेलमा गोल्डेनले १२ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै ६९ रनको लक्ष प्रस्तुत गरेको थियो ।
 
दोस्रो इनिङको खेलमा पुरैना लायन्सलाई गोल्डेनले दिएको लक्ष्यलाई पछ्याउँदै १२ ओभरमा ८ विकेट गुमाउँदै जम्मा ६० रन जोड्न सफल भएको थियो। गोल्डेनले भने १० रनले पुरैना लायन्सलाई पराजित गरेको थियो ।
 
खेलमा गोल्डेनका अनिमेश जङ शाहीले ११ रन र गोल्डेनका कप्तान रबिश बर्माले पुरैना लायन्सको ३ विकेट लिएर खेलको म्यान अफ दि म्याच घोषित भएका छन । यस भन्दा अगाडिको खेलमा गोल्डेनले एन(सी(सी स्पोर्ट्स क्लब बसपार्कलाई पराजित गरेको थियो गोल्डेन टीमका अनुज बर्माले जानकारी दिएका छन ।