Please Update Your Browser.

‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियान सुरु

–कोसेली संवाददाता–

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका छन् ।

विश्व वातावरण दिवशको अवसरमा आज सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुआत गरेका हो ।

अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाख भन्दा बढी फलफूलका बिरुवा रोपिने जानकारी दिए । ‘सबैले फलफूलका बिरुवा रोप्ने अभियान चलाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।’ फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले पनि ठूलो सहयोग गर्नेछ’ प्रधानमन्त्री ओलीले भने ।

सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका फलफूलका बिरुवा रोपेका छन् ।