Please Update Your Browser.

तस्वीरमा हेर्नुहोस्, एचआईभी संक्रमित महिलाका जीवन

ललितपुर । ‘जब मैले मेरो स्थितिका बारेमा थाहा पाएँ, मलाई जीवन प्रति बिरक्त लाग्यो । मैले बच्चालाई त्याग्ने समेत सोचेँ । म मेरो पतिसँग बस्थेँ तर उहाँलाई भन्न डराउँथेँ ।’ दक्षिणी युगाण्डाको जिन्जामा बस्ने पाँच सन्तानकी आमा म्यारी भन्छिन् ।


एचआईभी भएका महिलाहरु हिंसाको अधिक जोखिमा हुन्छन् । यूएन विमेनका अनुसार एचआईभी भएका महिलाहरुलाई हुने अपमानजनक व्यवहार सहन नसकी र जबरजस्ती गर्भपतन गर्ने गरेको कम्तिमा १४ देशहरुले रिपोर्ट गरेका छन् ।

जाम्बियाको राजधानी लुसाकाको कमलाङ्गा परिसरमा एक जवान आमा पानी बोक्दै ।

अनुसन्धानका अनुसार शारीरिक र यौन हिंसाका कारण महिलाहरु एचआईभीको उच्च जोखिममा पर्दछन् । एचआइभी संक्रमित महिलाहरूले तिनीहरूको अवस्थाका कारण हिंसा भोग्न सक्छन् । यूएन एड्सका अनुसार १५ देखि २४ वर्षका जाम्बियन महिलाहरु जो विवाहित वा अविवाहित जे भएपनि तिनीहरु मध्ये एक तिहाईले शारीरिक र यौन हिंसा भोगेकै हुन्छन् ।

‘खडेरीका कारण जीवन निकै गाह्रो भएको छ । मैले मेरा नानीहरु साह्रै दुब्ला भएका कारण अस्पताल लग्नु पथ्र्यो । मलाई उनीहरु बाँच्दैनन् कि जस्तो लाग्थ्यो ।’ चिविकवाको दक्षिण मलावीको २४ वर्षीया एस्टेर चिम्काङ्गो भन्छिन् ।

उनी एचआईभी संक्रमित तथा एकल महिला हुन् भन्ने कुराको स्थानीय क्लिनिकको पोषण कार्यक्रममा उल्लेख गरिएको छ । मलावीले एचआईभीको संक्रमणलाई कम गर्नमा उल्लेख्य प्रगति गरेको छ । तर, एल निनो नामक खडेरीले भने नयाँ चुनौति थपेको छ । यसले चिम्काङ्गोको आहारमा र औषधी लिन सक्ने क्षमतामा पनि असर पारेको छ ।


दक्षिण अफ्रिकाका एक ग्रामीण गाउँमा बस्ने २७ वर्षको नोकुथुला भन्छिन्, ‘जब मैले म गर्भवती भएको थाहा पाएँ, म धेरै खुसी भईन । किनभने मैले पहिला पनि छोराछोरी जन्माईसकेकी थिएँ । तर तिनीहरू बँचेनन् जुन घटनाहरु मेरा लागि अत्यन्त पीडादायी थिए ।’

उनी स्वाजील्याण्डको सिमाना नजिक पर्ने दक्षिण अफ्रिकाको एक गाउँमा बस्छिन् । सेप्टेम्बर २०१३ मा उनले एक छोरा नलेज जसलाई परीक्षण गर्दा एचआईभी पोजेटिभ देखिएपछि उपचारमा राखिएको थियो । यूनएड्सका अनुसार गत वर्ष, अनुमानित एक लाख ६० हजार बच्चाहरु एचआईभी संक्रमित भएका तथ्य छ ।


डेमोक्रेटिक गणतन्त्र कंगोको, कसेङगामा अवस्थित लुपाला नदीको किनारमा दिदीभाईहरु आफ्ना दुखेसो बाँड्ने गर्दछन् । युएनएड्सका अनुसार अनुमानित १३.४ मिलियन बालबालिकाहरुले एड्सका कारण आमाबाबु गुमाएका छन् ।

यी बच्चाहरू ८० प्रतिशत भन्दा बढी सबसहारा अफ्रिकामा बस्छन् । एचआइभीका कारण अनाथ भएका बालबालिकाहरू वा बिरामी हेरविचारकका साथ बस्ने बालबालिकाहरुले अन्य बालबालिकाको तुलनामा बढी शारीरिक र भावनात्मक दुव्र्यवहार भोग्छन् ।


‘मेरो पतिले धेरै नै मादक पदार्थ सेवन गर्थे । पछिल्लो वर्ष उनले मलाई अर्को महिलाको लागि छोडे । अहिले, म पाँच छोराछोरीलाई कुनै आर्थिक सहयोग बिना नै हुर्काइरहेकी छु । बाटोको छेउमा बसोबास भएपनि उनी कहिल्यै छोराछोरी भेट्न आउँदैनन् ।’

‘म अन्य आमाहरुलाई गाह्रो भए तापनि शिशुहरुलाई स्तनपान गराउन प्रोत्साहन दिन्छु । यसो गर्नाले उनीहरूका छोराछोरीहरू स्वस्थ हुन्छन् ।’ दक्षिण अफ्रिकाको पोलोक्वेन शहरकी नर्सरीे विद्यालय शिक्षिका भन्छिन् ।

उनी एचआईभी संक्रमित छिन् । उनले बच्चा भने नेगेटिभ जन्माईन् । दक्षिण अफ्रिका विश्वको सबैभन्दा ठूलो एचआईभी महामारीको भएको ठाँउ हो, तर देशले प्रगति गरेको छ । युएनएड्सका अनुसार, २०१० देखि, नयाँ एचआईभी संक्रमण हुनेको संख्या ४९ प्रतिशत कम भएको छ ।

‘एमबेरेको समूहले मलाई मेरो पति भएपनि वा नभएपनि स्वतन्त्र हुन सिकाएको छ । म सशक्त भएकोमा मलाई धेरै गर्व महसुस हुन्छ’ इमिली हाईन उनको बच्चालाई माटियर, जिम्बाब्वेमा घरमै स्तनपान गराउँदै भन्छिन् ।

हाल जिम्बाब्वेमा ४७ एमबेरेको समर्थन समूहहरू छन् । युनिसेफका अनुसार, तिनीहरूको शुरुआत पछि एचआईभी दर पूर्ववर्ती हेरविचारको समयमा लगभग ७ प्रतिशतले घट्यो । एचआईभी लागेका बच्चाहरुलाई स्तनपान गराउने दर ७६ प्रतिशतदेखि ९१ प्रतिशतसम्म बढेको छ ।


‘जब मैले मेरो बच्चाको स्वास्थ्य परीक्षणको रिपोर्ट अनुसार तिनीहरूलाई नेगेटिभ भएको पाएँ, मैले आफू पोजेटिभ भएको पुर्णरुपमा बिर्सें । जब मैले उसलाई हेर्छु मलाई साह्रै खुसी लाग्छ । म पोजेटिभ भएता पनि ऊ नेगेटिभ छ’ युगाण्डाको एक आमा मोनिका भन्छिन् ।

एचआईभी एड्सलाई निषेध गर्ने एक कार्यक्रमबाट उनले आफ्नोे डरमाथि विजय हासिल गरिन् । जब मोनिकाले आफ्नो छोरालाई जन्म दिईन्, त्यतिबेला उनलाई कस्तो सावधानी लिनुपर्ने थाहा थियोे । युगाण्डामा २०१६ मा, एचआईभी पोजेटिभ गर्भवती महिलाहरू मध्ये ९५ प्रतिशत भन्दा बढी आमाहरुले आमाबाट बालबालिकामा सर्ने जोखिम कम गर्नको लागि एन्टेरेट्रोभाईरल ड्रग्स पाए ।

लुपुला नदीको किनारमा दुई बालिका सूर्यास्तको समयमा एकसाथ खेल्दै ।

आमा बाट बच्चाहरु एचआईभी संक्रमित हुनु सबैभन्दा सामान्य तरिका हो । मैले जस्तै भोगाई भएका अन्य महिलाहरुलाई म सहयोग गर्न चाहन्थेँ। चाहे एचआईभी पोजेटिभ भएका हुन या एचआईभी नेगेटिभ, सबै माया र हेरचाहको योग्य छन् । केन्यामा एक आमा अकिनी भन्छिन्, ‘समाज पूर्ण हुन यी सबै फरक व्यक्तिहरूलाई स्वीकार्न सिक्न आवश्यक छ ।’


देशमा एचआईभीको संक्रमित भएका बेला गर्भवती हुने महिलाहरु मध्ये लगभग ७४ प्रतिशत एन्टेरेट्रो भाईरल उपचार गरिरहेका हुन्छन् ।

स्रोत : द गार्जियन