Please Update Your Browser.

यी हुन् एसपी बढुवा सिफारिशमा परेका डिएसपी

काठमाडौं । नेपाल प्रहरीका २८ प्रहरी नायव उपरीक्षक (डिएसपी) यसै साता प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिश भए । सिफारिशमा पहिलो नम्बरमा पारिएका उम्मेदवारको कारण बढुवामा कार्यक्षमतालाई आधार नै नबनाइएको आम बुझाइ रह्यो ।

पहिलो नम्बरमा पारिएका डिएसपी अच्युतमप्रसाद पुडासैनी बढुवा समितिकै अध्यक्षको नातेदार रहेको कारण प्रहरीभित्र मात्रै होइन, बाहिर समेत बढुवामा प्रधानमन्त्रीको नीति लागू भएन भन्ने बुझाई रह्यो । छुटनै नहुने अधिकृतसमेत छुटेपछि काम गर्नेलाई अन्याय भएको टिप्पणी उठ्यो । तर बढुवामा काम गर्ने अधिकृत एकाध बाहेक सवै सिफारिशमा परे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले योग्य जति सवैलाई बढुवामा पार्न चाहन्थे । तर राजनीतिक दवाव र अघिल्लो आइजीपीको पालामा काम गर्नेलाई समेत अत्यन्तै पछि पारिएकोले सच्याउन चाहेका थिए । त्यही आधारमा उनले बढुवामा काममा उत्कृष्ट अधिकांशलाई २८ जनाभित्र पारेका छन ।

बढुवामा केही छुटनै नहुने अधिकृत छुटेको रिस गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनालमाथि पोखिन थालेको छ । तर बास्तबिकता ती अधिकृत बढुवामा नपर्नुको कारण पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालले गरेको पाँडे पजनीयुक्त मुल्यांकण रहेको छ । उनीहरुले केही अधिकृतलाई अत्यन्तै कम नम्बर दिएर राखेको कारण केही काबिल अधिकृत पनि बढुवामा छुटेका हुन ।

यद्यपी अघिल्लो आइजीपीले बदमासी गर्दा पनि बढुवाको सूचीमा परेका २८ मध्ये अधिकांश योग्य र काममा अब्बल रहेका छन । बढुवा सूचीमा परेका बिश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, बिश्वमणि पोखे्रल, शेखर खनाल, अबिनारायण काफ्ले सविन प्रधान, सोमेन्द्रसिंह राठौर, भुपेन्द्र खत्री, गंगा पन्त, दिपशमशेर जवरा, आभुषण तिमिल्सिना, दिपकराज खरेल, बशन्त रजौर, बेलबहादुर पाण्डे, प्रज्वल महर्जनको काममा प्रहरीभित्र कसैले प्रश्न उठाउन सक्ने अवस्था छैन ।

उनीहरु सवै काममा अब्बल छन । तर पछिल्लो समय प्रहरीभित्र माफिया चलखेल गराउन असफल भएका केही ब्यापारी र समुह बढुवामा परेका यिनै योग्यमाथि प्रश्न उठाउन थालेका छन । खासगरी प्रचार गर्न नरुचाउने अब्बल अधिकृत सानुराम भट्टराईलाई प्रधानमन्त्रीको दवावमा चौथो नम्बरमा बढुवा गरेको भन्दै उनले अहिलेसम्म बसेको ठाउँमा गरेको उत्कृष्ट कामलाई माइनस गर्न खोजिएको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअगावै ओलीको अंग रक्षकका रुपमा आएका डिएसपी भट्टराईलाई सवैभन्दा उत्कृष्ट काम गर्ने भएकै कारण तात्कालिन आइजीपी प्रकाश अर्यालले सिफारिश गरेका हुन । भट्टराईलाई प्रधानमन्त्री ओलीले रोजेका होइनन । काममा अब्बल डिएसपी पठाउनै पर्ने भएकोले उनी प्रधानमन्त्रीको पर्सलन सेकुरिटी अफिसर ९पिएसओ० का रुपमा खटाइएका हुन । कामै नगर्दा पनि पहिलो नम्बरमा आएका ब्यक्तिबारे केही नबोली पछिल्लो समय एकाध समुह भट्टराईको बिरुद्धमा लागेको छ ।

बढुवामा परेका अब्बल अधिकृतहरु बिश्व अधिकारी, ओमप्रकाश अधिकारी, बिश्वमणि पोखे्रल, शेखर खनाल, अबिनारायण काफ्ले सविन प्रधान, सोमेन्द्रसिंह राठौर, भुपेन्द्र खत्री, गंगा पन्त, दिपशमशेर जवरा, आभुषण तिमिल्सिना, दिपकराज खरेल, बशन्त रजौर, बेलबहादुर पाण्डे, प्रज्वल महर्जनमाथि पनि केही समुह प्रश्न उठाउन थालेको छ । उनीहरु सवै काममा अब्बल रहेका छन ।

यद्यपी यी मध्ये सविन प्रधान र भुपेन्द्र खत्रीले अघिल्ला दुइृ आइजीपीको निर्देशनमा थुप्रै योग्य अधिकृतलाई क्यारियर नै सफाया पारेको र गैरकानून काममा साथ दिएको अभियोग छ । तर आइजीपीको सचिवालयमा बसेर उनीहरुको जस्तोसुकै आदेश तामेली गर्नुपर्ने बाध्यतामा उनीहरु थिए ।

खत्री उपेन्द्रकान्त अर्याल र प्रधान प्रकाश अर्यालका सचिवालयमा रहेका थिए । आफै सचिवालयमा रहेर अरु भन्दा दोब्बर नम्बर दिन लगाएकोले उनीहरु दुवै बढुवा सूचीमा परेका हुन । आइजीपी खनालले चाहेर पनि उनीहरुलाई बढुवाबाट छुटाउन सक्ने अवस्था थिएन । यस्तै पन्त, खरेल, तिमिल्सिना अधिकारीमाथि अहिलेसम्म काममा कँही पनि प्रश्न उठेको छैन । सोही कारण उनीहरुलाई एसपीका अब्बल काम गरी पहिलो नम्बरमा आउने गरी बढुवा गरिएको छ ।