Please Update Your Browser.

बलात्कारीलाई जन्म कैद माग गर्दै संसदमा डा. बिमला राई पौड्यालले यसो भनिन्

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्यालले कैलाली–कञ्चनपुर बलात्कार घटनामा सरकारले तत्काल छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् ।

राष्ट्रियसभाको हिजो बुधबारको बैठकमा बोल्दै डा. पौड्यालले गएको असार महिनामा कैलालीमा सामूहिक बलात्कारपछि २० वर्षीया युवतीको हत्या भएको घटना र यही साउन महिनामा कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको घटनामा सरकारले उस्तरीय अनुसन्धान टोली गठन नगरेकोप्रति आफू अचम्म परेको बताइन् ।

‘सरकारले अस्ती नै उस्तरीय अनुसन्धान टोली गठन गरेर छानबिन गरिसक्नुपर्ने । तर किन ढिलाई भो मैले बुझेको छैन’ उनले भनिन्, ‘मानवअधिकारकर्मीका छुट्टाछुट्टै टोली घटनास्थल पुगेर अनुसन्धान गरेका छन् । स्थानीय महिलाहरुले सडक आन्दोलन गरिरहेका छन् । घटनाका बारेमा सबैका आ आफ्नै तथ्य र विश्लेषण छन् । तर आधिकारित रुपमा नेपाल सरकारले एउटा अनुसन्धान समिति समेत बनाएको छैन ।’

सांसद पौड्यालले यी घटनामा गृह मन्त्रालय र महिला मन्त्रालय जसको नेतृत्वमा हुन्छ, तत्काल उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन् ।

उनले विद्यमान कानुन परिमार्जन गरेर बलात्कारीलाई जन्म कैदको सजाय हुनुपर्ने माग समेत गरेकी छन् ।

हेर्नुस् राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्यालले संसदमा बोलेको भिडियो,