Please Update Your Browser.

गरिबी निवारण कोषका कार्यकारी निर्देशकमाथिको आरोप मिलापत्रमा टुंगियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको कार्यस्थलमा भएको यौन दुर्व्यवहारको उजुरी अन्ततः मिलापत्रमा टुंगिएको छ ।

गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले सोही कार्यालयकी सहायक स्तरकी महिला कर्मचारीलाई गरेको यौन दुर्व्यवहारको उजुरी सहमतीमा टुंगिएको हो ।

पीडित भनिएकी महिलाले कार्यस्थलमा दुर्व्यवहार नभएको भनि आफ्नो उजुरी दाबी फिर्ता लिएपछि मिलापत्रमा मुद्दा टुंगिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी बासुदेव घिमिरेले बताए ।

यौन दुर्व्यवहारको उजुरी गएको जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा परेको थियो । मिलापत्रको लागि केसी र पीडित महिलाले असारको १७ गते संयुक्त रुपमा निवेदन दिएका थिए ।

यौन दुर्व्यवहारजस्तो संवेदनशिल विषय भएकोले मिलापत्र निवेदन परेको १० दिनसम्म दुबै पक्षलाई छलफल गर्ने मौका दिइए पनि उजुरी दाबी फिर्ता लिएपछि मुद्दा टुंग्याएको सूचना अधिकारी घिमिरेले बताए ।

कार्यालयले असारको २७ गते नै मिलापत्रमा मुद्दा टुंग्याएको जानकारी दिएको छ ।