Please Update Your Browser.

बलात्कारीलाई १० वर्ष कैद

पाँचथर । १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले ५२ वर्षीय नातेदारलाई १० वर्ष कैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायधीश मनोज केसीको इजलासले मंगलबार निजको कसुर ठहर गर्दै कैदसँगै एक लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउन आदेश समेत दिएको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

पीडित बालिकालाई आरोपितले २०७४ चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले०७५ असार ५ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।

उजुरी लगत्तै गिरफ्तारीमा परेका आरोपित अदालतको ०७५ असार २१ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा थिए ।