Please Update Your Browser.

भीमदत्त नगरपालिकामा थप दुई कानुन पारित

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा थप दुई कानुन पारित गरिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाको २१ औं बैठकबाट दुई कार्यविधि पारित गरिएका हुन् ।

भीनपा नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बैठकबाट भीमदत्त भाषा, साहित्य तथा संस्कृति परिषद् सम्बन्धी कार्यविधि–२०७५ र सार्वजनिक निजी साझेदारी सम्बन्धी कार्यविधि –२०७५ पारित गरिएको जानकारी दिए ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा विधेयक समितिबाट निर्माण गरिएका ती दुबै कार्यविधि आजको बैठकबाट पारित गरेका छांै’ नगर कार्यपालिकाका प्रवक्ता पाण्डेयले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसेको हो । बैठकबाट क्षेत्रीय सहरी विकास आयोजना धनगढीबाट प्राप्त रकमको शीर्षकगत बाँडफाँट, सवारी साधन खरिद लगायतका निर्णय गरिएका छन् ।

बैठकमा भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा सहित कार्यपालिका सदस्यहरु सहभागी भएका छन् ।

२१ औं बैठकबाट पारित दुई सहित भीमदत्तमा ३३ कानुन पुगेका छन् । यस अघि ३१ कानुन राजपत्रमा प्रकाशित भई सकेका छन् ।
भीनपाका प्रवक्ता पाण्डेयले बैठकबाट पारित दुई कार्यविधि कार्यान्वयनका लागि छिट्टै राजपत्र प्रकाशित गरिने जानकारी दिए ।