Please Update Your Browser.

अनेरास्ववियु र अखिल क्रान्तिकारीले गरे प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग

काठमाडौं । अनेरास्ववियु र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द खनालको बर्खास्ती माग गरेका छन् । सत्तारूढ दलका दुवै जनवर्गीय संगठनको नेतृत्वले आज गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर प्रहरी प्रमुख खनालको बर्खास्ती माग गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष एवं सांसद् नविना लामाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नु प्रहरी नेतृत्वको असक्षमता हो भन्दै बर्खास्ती माग गरेको बताइन् । 

गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पन्तको हत्यामा संलग्न बम दिदीबहिनी र तत्कालिन एससी, प्रमाण नष्ट गर्ने प्रहरी अधिकारी सबैमाथि अनुसन्धान केन्द्रित गरी कडा कारवाही गर्नुपर्ने माग गरे ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, शैलेस लामा, क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियुका सचिव आसरी लामिछानेलगायतको टोली गएको थियो ।

गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै निर्मला हत्याकाण्डका दोषी पत्ता लगाई कानूनी कठघरामा ल्याउन आफू तयार रहेको बताए ।

सात बुँदे ज्ञापनपत्रमा निर्मला हत्याकाण्डको छानविन समितिले निकालेको निष्कर्ष तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ । यस्तो छ ज्ञापन पत्र;