Please Update Your Browser.

मध्यपुरलाई शिक्षाको गन्तव्य बनाउनेः मेयर श्रेष्ठ

-कोसेली समाचारदाता-

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका भक्तपुरका मेयर मदन सुन्दर श्रेष्ठले मध्यपुरलाई शिक्षाको गन्तव्य बनाउने बताएका छन् ।

सामुदायिक विद्यालयको स्तरोन्नती गर्नका लागि संस्थागत विद्यालयहरुसँग सहकार्य गरेर अघि बढ्ने लक्ष्यका साथ काम भइरहेको बताउँदै मेयर श्रेष्ठले त्यसमा सबैको समथ र समर्थन आवश्यक रहेको बताए ।

आदर्श जनप्रेमी इङलिस सेकेण्डरी स्कुल कौशलटार, भक्तपुरको ३० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले आउदो शैक्षिक शत्रदेखि स्थानीय पाठ्यक्रम पूर्णरुपमा लागु गर्ने प्रतिवद्धता गरे ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले मानव कल्याण आश्रमले संचालन गरेको वृद्धाश्रमलाई सहयोग सामग्री वितरण गरेको छ ।

वृद्धाश्रम संचालनमा मासिक सहयोग गर्दै आइरहेको विद्यालयले वार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

कार्यक्रममा विद्यालयका प्राधानाध्यापक निलेश आचार्यले विद्यालयले हासिल गरेको उपलब्धी र भावी योजनाबारे प्रकाश पारे ।

वार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ठ विद्यार्थीलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरे ।

कार्यक्रममा देशका सातै प्रदेशको संस्कृति झल्किने झाकीहरु प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुले गीत, नृत्य समेत प्रदर्शन गरेका थिए ।