Please Update Your Browser.

जनप्रेमीद्वारा शिक्षकको पेशागत विकासका लागि अभिमुखीकरण

कोसेली समाचारदाता

काठमाडौं । शिक्षण पेशामा आवद्ध शिक्षकको पेशागत विकासमा सहयोग पुर्याउने उद्देश्यले एक दिने अभिमुखीकरण दिइएको छ ।

भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी सेकेण्डरी इङलिस् स्कुलले विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुलाई आज ‘शिक्षक पेशागत विकास तालिम’ दिएको हो । 

विद्यार्थीलाई उत्साहपूर्ण वातावरणमा कसरी पढाउने र विद्यार्थीका लागि शिक्षक कसरी आर्दश व्यक्ति बन्ने भन्ने विषयमा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक निलेश आचार्यले बताए ।

कार्यक्रमको सहजीकरण उत्प्रेरक वक्ता तथा नेतृत्व विकास प्रशिक्षक संजय खड्काले गरेका थिए ।

विद्यालयले केही दिन अघि विद्यार्थीहरुका लागि द आर्ट अफ स्टडी विषयमा कार्यक्रम गरको थियो ।