Please Update Your Browser.

घुम्ने हो त हेलिकोप्टरमा ?

कोसेली समाचारदाता

धनगढी । तपाईंले बस, प्लेन, मोटरसाइकल लगायतका सवारी साधन त पक्कै चढ्न चढ्नु भएको छ । के कहिल्यै हेलिकोप्टर चढेर आफ्नै टोल, छिमेक, नगर र क्षेत्रको अवलोकन गर्न पाउनु भएको छ ? यदि छैन भने धनगढी जानुस् । कैलाली उद्योग वाणिज्य संघले न्यूनतम शुल्कमा तपाईको हेलिकोप्टर चढ्ने धोको पुरा गर्नेछ ।

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवलाई मध्यनजर गर्दै कैलाली उद्योग वाणिज्य संघले हेलिकोप्टर धनगढी नगर क्षेत्रको अवलोकन गर्न पाउने व्यवस्था गरेको हो ।

महोत्सवलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

हेलिकोप्टरबाट धनगढी अवलोकन गर्नका लागि ४ हजार रुपैयाँ टीकटको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

एक पटकमा आकाशमा १० मिनेटसम्म रहेर धनगढी नगर क्षेत्रको अवलोकन गर्न पाउने व्यवस्था गरिएको ओझाले बताए ।

हेलिकोप्टरबाट महोत्सव स्थललगायत उपमहानगरभित्र रहेका पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था गरिएको छ ।

यसबाट यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकको छ ।

माउण्टेन यअरको हेलिकोप्टरले बुधबारबाट अवलोकन उडान थालेको हो । हेलिकोप्टरबाट धनगढी अवलोकन गर्ने व्यवस्था ५ दिनसम्म जारी रहने बरिष्ट उपाध्यक्ष ओझाले जानकारी दिए । अध्यक्ष पुष्पराज कुँवरले बताए ।

महोत्सवलाई लक्षित गरेर गरिएको यो व्यवस्थाकै बीचमा कम्तीमा २ पटक हेलिकोप्टरबाट खप्तड अवलोकनको प्याकेज पनि ल्याउन लागेको संघले जनाएको छ । हेलिकोप्टरबाट खप्तड अवलोकन गर्न संघले ३० हजार रुपैया टीकट तोकेको छ ।

महोत्सव सकिएपछि पनि हेलिकोप्टरबाट खप्तड अवलोकनको प्याकेज ल्याउने तयारी रहेको संघले जनाएको छ ।

संघको आयोजनामा मंगलबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव भइरहेको छ । महोत्सव १० दिनसम्म संचालन हुने छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकको छ ।

महोत्सव स्थलमा २ सय २५ स्टल राखिएका छन् । १५ कृषि प्रदर्शनीका स्टल, २६ खानपानका र अन्य होटेल, रेस्टुरेन्टलगायत व्यापारिक स्टलहरु छन् ।

हेलिकोप्टरबाट धनगढीको अवलोकन गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको टोली ।

Image may contain: 6 people, people smiling