Please Update Your Browser.

भर्खरै जन्मिएकी बालिका खोलामा मिल्काइयो

कोसेली समाचारदाता

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा भर्खरै जन्मिएको शिशु (बालिका) को शव फेला परेको छ ।

अनामनगर र बानेश्वर जोड्ने पक्की पुल नजिकै बिहान ९ बजेको समयमा कपडामा बेरेर फ्याकिएको नवजात शिशु देखिएपछि स्थानीय जम्मा भएका थिए ।

भद्रघले स्कुल नजिकै खोलामा मृत अवस्थाको शिशु फेला परेको हल्ला फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

केही दिनदेखि निरन्तर पानी परिरहेका कारण खोलामा पानीको सतह पनि बढेकोले शव नजिकैबाट फ्याकिएको हो कि अन्तैबाट बगेर आएको हो भन्ने छुट्याउन मुस्किल भएको प्रत्यक्षदर्सीले बताए ।

नवजात शिशुको शव फेला परेको खबर पाएपछि करिब ११ बजेको समयमा प्रहरीले शव उठाएको छ ।

घटनाबारे अनुसन्धान गरिने प्रहरीले बताएको छ ।