Please Update Your Browser.

बालिका बलात्कारको अभियोगमा पक्राउ

काभ्रे । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय कमल अधिकारीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

दैलेख बिन्दासैनी नगरपालिका(१ घर भई बनेपा नगरपालिका(३ मा बस्ने अधिकारीले सोही नगरपालिका नालाकाक्रे बस्ने बालिकालाई मोवाईलमा फिल्म देखाई दिन्छु भनी ललाईफकाई गत बुधबार जबरजस्ती करणी गरेको थाहा भएपछि पक्राउ गरिएको हो ।

घटना बारे शनिबार दिउसो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।