Please Update Your Browser.

डेनमार्क र नेपालको लोकतान्त्रिक अभ्यासका बारेमा अनुभव आदान प्रदान

कोसेली समाचारदाता

काठमाडौं । नेपाल र डेनमार्कको संसदमा भइरहेको लोकतान्त्रिक अभ्यासका बारेमा अनुभव आदान प्रदान भएको छ ।

मोतीदेवी स्मृति केन्द्रले डेनमार्क र नेपालका जनप्रतिनिधि तथा राजनीतिक अगुवाहरुलाई एकै ठाउँमा राखेर लोकतन्त्रलाई बलियो बनाउनका लागि भएका राजनीतिक प्रयासहरुका अनुभव आदान प्रदान गरेको हो ।

मंगलबार र बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा लोकतन्त्रको सुदृढिकरणका लागि दुई देशमा भएका अभ्यासका बारेमा जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले अनुभव आदान प्रदान गरेको मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्ले बताइन् ।

कार्यक्रममा डेनमार्कका पूर्वमन्त्री तथा सांसद रास्मुस हेल्भेग पिटरसनले सांसदको प्रभावकारी भूमिका, लोकतान्त्रिक अभ्यास तथा बहुदलीय संस्कृति र जलवायु परिवर्तनको मुद्दासँग सम्बन्धित डेनिस अनुभव राखेको स्मृति केन्द्रका उपाध्यक्ष गरिमा शाहले जानकारी दिइन् ।

यस्तै कार्यक्रमा डेनमार्कका राजनीतिक अगुवा क्लारा हाल्भोरसेन र केथरिन ओलडागले राजनीतिमा महिला नेतृत्व सम्बन्धमा अनुभव राखेका थिए ।

दुई देशका जनप्रतिनिधि र अगुवाहरुले लोकतन्त्रलाई बलियो बनाउका लागि भए गरेका सकारात्मक पहलका बारेमा दुवै देशका नागरिकले एक अर्काको सिको गर्न आवश्यक रहेको बताएका थिए ।