Please Update Your Browser.

गोल्डेन पिकले मनायो ‘गोल्डेन जाम्बोरी’

कोसेली समाचारदाता

काठमाडौं । काठमाडौंको सरस्वतीनगर, चावहिलस्थित गोल्डेन पिक हाइस्कुलले विद्यालयको वार्षिकोत्सव कार्यक्रम ‘गोल्डेन जाम्बोरी २०७५’ विभिन्न साँस्कृतिक झाँकीकासाथ सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक छत्रमणी राईले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि प्रयोगात्मक रुपमा उनीहरुलाई नेतृत्व विकासका साथसाथै कार्यक्रम तयारी र व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान दिन उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बालबालिकाहरुले सन्देशमूलक नाटक, विभिन्न समुदायको नृत्य, गीत, कविता, योगासन, चुट्किला प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य छिरिङ्ग दोर्जे लामाले बालबालिकाहरुको शैक्षिक विकासमा गोल्डेन पिकले तीन दशकदेखि दिँदै आएको योगदानको कदर गरे । उनले सो अवसरमा शिक्षा क्षेत्रबाटै समाज विकास हुने धारणा व्यक्त गरे ।

विद्यालयका अध्यक्ष अर्जुन कुमार खत्रीले गोल्डेन पिकले समयसापेक्ष सिकाई र नैतिकवान् तथा व्यवहारिक नागरिक उत्पादन गर्न सहयोग पु¥याउदै आएको बताए ।

विद्यालय परिषदका उप कप्तान सर्वज्ञा राईले विद्यालयबाट सामाजिक कार्य गर्न प्रेरित भएको बताईन् ।

उनले प्रत्येक वर्ष एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सानो सहयोग गर्ने गरिएको र यस वर्ष काभ्रे जिल्लाको विद्यालयलाई विद्यार्थी परिषदको तर्फबाट सहयोग गर्ने घोषणा गरिन् ।

Golden Peak High School को फोटो।

Golden Peak High School को फोटो।

Golden Peak High School को फोटो।

Golden Peak High School को फोटो।

Golden Peak High School को फोटो।