Please Update Your Browser.

‘युद्धको आगोमा राजनीतिको रोटी सेक्दै मोदी’

आतंकवाद भारत र पाकिस्तानको मात्र सवाल हैन, यो विश्वकै समस्या हो । अतः आतंकवादलाई हेर्ने विश्व दृष्टिकोण छ ।

जहाँसम्म भारत र पाकिस्तानवीचको प्रश्न छ, त्यसमा आतंकवादको प्रश्न जेलिएको छ । भारत भनिरहेको छ, ‘पाकिस्तानले आतंकवादलाई संरक्षण गरिरहेको छ ।’

उता, पाकिस्तानका बजीरे आजम इमरान खान भनिरहेकाछन्, ‘हामी स्थीरतातर्फ अघि बढीरहेको बेला बेकारमा आतंकवादलाई प्रश्रय किन दिन्थ्यौैं र ?’

Image may contain: Kusum Kusum, beard and closeup
कुसुम भट्टराई

भारत र पाकिस्तान दुवै देशका कतिपय चिन्तकहरू के भन्छन् भने भारतीय संस्थापन पक्ष स्वयं पनि कश्मीरको मुद्दाको वार्ताद्वारा हल चाहँदैन ।

नेपालका वाम नेता र बिजेपी नेताहरूको नियत म समान देख्छु । नेपालका वाम नेताहरूले जहिले पनि भारतविरोधी सेन्टीमेन्टका आधारमा राजनीतिक लाभ लिदै आएका छन् । उदाहरणका लागि पूर्व एमालेले टनकपुर सन्धीको मुद्दा चर्काएर मनमोहनलाई प्रधानमन्त्री बनायो । तर, कालान्तरमा ओली र माधव भारतसँग लम्पसार गरे ।

मोदी पनि पाकिस्तान गएर बिरयानी खाएकै हुन्, तर भारतमा हिन्दुवादी सेन्टीमेन्ट जगाउन, मुश्लीमविरोधी भाव भडकाउन र पाकिस्तानविरोधी भारतीय सेन्टीमेन्ट जगाउन विजेपी नेताहरू अनेक कोशीस गरीरहेका हुन्छन् । नेकपाले नाकाबन्दीको मुद्दा यसरी उचाल्यो कि त्यसकै बलमा ओली अहिले प्रधानमन्त्री छन् । मोदीको दाउ पनि यतिबेला ठयाक्कै त्यही हो ।

भारत र पाकिस्तान दुवै देशका भूमिगत अतिवादीहरू यो मुद्दा उचालीरहन चाहन्छन् । हतियार र बम माफियाहरू भारत र पाकिस्तानवीचको सत्रुता मित्रतामा परिणत भएको हेर्न चाहँदैनन् । पश्चिमाहरू त उदाउँदो एशीयाली आर्थिक शक्तिलाई रोक्न यस क्षेत्रमा लफडा मच्चाइरहनै चाहन्छ ।

अहिलेको वैश्वीक सन्तुलन हेर्दा, चिन, रुस, टर्की, साउदी अरेवीयाले मात्र हैन, स्वयं अमेरीकाले पनि पाकिस्तानलाई काखी च्यापेको देखिन्छ । अमेरीकाले पाकिस्तानकै मध्यस्थतामा तालीबानसँग वार्ताको पहल चलाइरहेको छ । यसरी हेर्दा एशीयामा भारतको अवस्था एक्लीने सम्भावना छ । अतः क्षेत्रीय शान्तिको सबैभन्दा ठूलो जिम्मेवारी त भारतकै काँधमा छ ।

युद्धको आगोमा चुनावी रोटी सेकेपछि अन्ततः भारत र पाकिस्तान दुवैलाई वार्तामा नआइ धरै छैन । दुवै आणविक मुलुक हुन् र उनीहरूले को ठूलो, को सानो भन्ने दम्भ नराखे हुन्छ । कश्मीरकी नेता मेहबुबा मुफ्ती भन्छिन्, ‘युद्ध यस्तो विभिषिका हो, भारतले पुरै पाकिस्तानलाई समाप्त पार्दासम्म आधा भारत पनि समाप्त भइसकेको हुनेछ । त्यसैले शान्तिपूर्ण वार्ताद्वारा समस्या समाधान गर्नुको विकल्प छैन ।’

अतिवादी (आतंकवादी सँगठन, मिडिया, हतियार माफिया, पेड बुद्धिजीवी, पेड पत्रकार)को कुरा नसुनी तत्काल भारत र पाकिस्तानले वार्ताको ढोका खोल्नुपर्छ भन्ने आवाज बलियो छ ।

भारतीय जनतालाई नन इश्यूहरूमा विभाजित गर्ने र आफ्ना असफलताका विषयहरूबाट उनीहरूलाई अलमल्याउने । अर्थात विषयान्तर गरेर जनतालाई गुमराहमा राख्ने । मोदीका लागि आतंकवाद र पाकिस्तानविरोधी सेन्टीमेन्ट चुनावी राजनीतिको रोटी सेक्ने आधार बनेका छन् ।

तर, तत्काल मोदी सरकार वार्ताको कुरा गर्नेछैन । यसको मुख्य कारण के हो भने भारतमा पाकिस्तानविरोधी सेन्टीमेन्ट जगाउने, क्षणीक राष्ट्रबादको हौवा चलाउने, सोझा भारतीयहरूको सँबेदनाको जगमा भोट कुम्ल्याउने मोदीको दाउ छ ।

भारत–पाक विवाद या छिटपुट युद्ध आसन्न चुनावसम्म लम्बीइरह्यो र यसले भारतीय मिडिया र जनमानसलाई विथोलीरह्यो भने सोझो लाभ मोदीलाई हुनेछ । किनकी, यसबाट एक त ‘मोदी महान राष्ट्रवादी’ कहलिनेछन्, अर्को वितेका पाँच वर्षमा मोदी सरकारका असफलताका सारा मुद्दाहरू (जसको मुल्याँकनको आधारमा मोदीलाई भोट दिनुपर्ने हो) ओझेलमा पर्नेछन् ।

जेनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैयाकुमार बारम्बार भन्ने गर्छन्, ‘मोदीको चुनावी रणनीति भनेको डिभाइड एन्ड डाइभर्ट रुल हो ।’

अर्थात भारतीय जनतालाई नन इश्यूहरूमा विभाजित गर्ने र आफ्ना असफलताका विषयहरूबाट उनीहरूलाई अलमल्याउने । अर्थात विषयान्तर गरेर जनतालाई गुमराहमा राख्ने । मोदीका लागि आतंकवाद र पाकिस्तानविरोधी सेन्टीमेन्ट चुनावी राजनीतिको रोटी सेक्ने आधार बनेका छन् ।

यतिबेला चुनावको मुखमा सारा मिडियामा ‘मोदीजी ने पाकिस्तानको करारा जवाफ दिया’ भन्ने बाक्य मात्र सुनीन्छ । यति भएपछि भारतीय जनताको बुद्धि भुटन सकिहालीयो ।

भारत होस् या नेपाल, जनता चाहिँ लखनउको भूलभुलैयाबाट अझै मुक्त हुन सकिरहेका छैनन् ।