Please Update Your Browser.

कैलालीलाई महिला फुटवल खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गरिने

कैलाली । देशमा फुटवलप्रति महिलाको आकर्षण बढ्दै गईरहेका बेला कैलालीलाई महिला फुटवल खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा विकसित गरिने भएको छ ।

कैलाली जिल्ला फुटवल संघको आठौँ साधारण सभाले कैलाली जिल्लालाई महिला फुटवल खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा विकास गर्न योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

साधारण सभामा उपस्थित भेलाले संघको कार्ययोजना बनाउदै आगामी दिनमा गर्ने कामको बारेमा समेत छलफल गरेको छ ।

सभामा कैलाली जिल्ला फुटवल संघका महासचिव ओम प्याकुरलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । हालसम्म संघले महिला फुटवल प्रशिक्षण तथा विकास, पुरुष फुटवल प्रशिक्षण तथा विकास, बार्षिक खेल कार्यतालिका बनाई लागु गरीएको, लगायत थुप्रै फुटवल प्रतियोगीताहरुमा सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । गाउँदेखि संचालिन बिभिन्न कार्यक्रममा सहभागीता जनाएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

साधारण सभाले जिल्लामा फुटवल खेल विकासमा सक्रिय रहेका क्लव तथा संस्थाहरु सँग आवश्यक समन्वय गर्दै फुटवल प्रतियोगिताको बार्षिक क्यालेण्डर लागु गरी कार्यन्वयनमा कडाई गर्ने, क्यालेण्डर अनुसारको प्रतियोगिता आयोजना गर्ने क्लवहरुलाई आवश्यकता अनुसारको खेल सामाग्रि जिल्ला फुटवल संघले उपलब्ध गराउने, कैलाली जिल्ला फुटवल संघका रहेका प्रशिक्षकलाई जिल्लाका बिभिन्न क्षेत्रमा परिचालन गरी फुटवल ट्रेनिङ सेन्टर संचालन गर्ने, जिल्लामा छरिएर रहेका युवा फुटवल खेलाडीहरुको प्रतिभालाई पहिचान गरी संघको प्रशिक्षण केन्द्र मार्फत फुटवल प्रशिक्षण गराई जिल्लाको आफ्नै फुटवल टिम तयार गर्ने योजना बनाएको छ ।

कैलाली जिल्ला फुटवल संघको अभिभावक संस्था अखिल नेपाल फुटवल संघको वर्तमान नेतृत्वबाट फुटवल विकासका लागु लागुु गरीएका योजना, नीति कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउन सवै किसिमको सहयोग गरीने वार्षीक योजना समेत तयार गरीएको कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहीत कुमार शाहले बताए ।

कार्यक्रमका प्रमुख अतिथी एन्फाका केन्द्रीय सदस्य प्रदेश कुमार राठौरले कैलाली जिल्ला फुटवल संघ देशमै १ नम्बरमा रहेको बताए ।

उनले कैलाली जिल्लाबाट उत्पादित खेलाडीहले अहिले बिभिन्न उमेर समुह तथा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएको बताए । साधारण सभामा फुटवलको क्षेत्रमा विशेष सहयोग पु¥याउने ब्यतिmहरुलाई सम्मान समेत गरीएको थियो ।