Please Update Your Browser.

केपी ओलीलाई मार्छु भन्ने प्रहरी फन्दामा

काठमाडौँ । ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवा प्रहरी हिरासतमा परेका छन् ।

सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं। २ घर भई काठमाडौँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङलाई प्रहरीले ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भन्दै कमेन्ट गरेको आरोपमा पक्राउ गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ शिर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाई नाम फेसबुक आईडीबाट लालबहादुरले ‘५० लाख दिनुस् , ओलीलाई मारिदिन्छु’ भनेर कमेन्ट गरेका थिए ।

त्यसपछि उनको खोजीमा रहेको अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ ।