Please Update Your Browser.

दक्षिण कोरियाका राजदुतलाई सशक्त दलित एकता समाजको निबेदन

काठमाडौं । आजको एक्काइशौं शताब्दीमा पनि मान्छेलाई जातका आधारमा विभत्स हत्या गरिन्छ । कुटिन्छ । हेलोहोचो गरिन्छ, त्यो पनि सार्वजनिक स्थलमै ।

देशकै राजधानी काठमाडौमा होस् या दुरदराजका गाउँमा निकै कथित जातका आधारमा मान्छे, मर्ने, घाइते हुने, विभेदमा पर्ने क्रम नरोकिदा हाम्रो समाज कता जाँदैछ ? भन्ने कुरा सहजै आँकलन गर्न सकिन्छ ।

हिजो भन्दा आज जातिय विभेद कम छ होला तर अन्त्य हुन सकेको छैन । कथित उपल्लो जातका मान्छेहरुले दलित समुदायमाथि गर्ने विभेदका स्वरुप मात्रै फेरिएका छन्, पूर्ण रुपमा हट्न भने अझैं दशकौं लाग्ने निश्चित ।

।चिया पसल होस् या पाँचतारे होटल । सामाजिक संजालमा होस् या कुनै औपचारिक कार्यक्रममा जातीय विभेदपूर्ण शद्यब, जातीय अपमान झल्किने उखान टुकाहरु देशकै गरिमामय पद धारण गरेका व्यक्तिले नै प्रयोग गरिरहेका छन् ।

केही समय अगाडि मात्रै प्रतिनिधिसभा सासंसद कोमल ओलीले कान्तिपुर टेलिभिजनमा अन्तरवार्ताको क्रममा ‘मरेपछि डुमै राजा’ भनिन् । जसको निधै ठूलो आलोचना र विरोध भो । अन्तत उनले सदनमै माफी माग्नुपर्यो ।

अहिले फेरि अर्को एउटा यस्तै जातीय अपमानजनक शब्दसहितको भिडियो २०१९ मे १८ मा निक नेपाल भन्ने फेसबुक आइडीबाट सार्वजनिक भएको केही समयमै भाइरल भएको छ ।

किराँत राई यायोक्खा बुसान समाज कोरियाले आयोजना गरेको उभौली साकेला पर्बको तयारीमा जुटेका संस्थाका आधिकारिक व्यक्तिको समूहले नेपाली रेस्टुरेन्टमा बसेर रमाइलो गरिरहेका बेला नेपाली राष्ट्रिय पोसाक ढाका टोपी लगाउने क्रममा ‘कामी जस्तो देखियो । दमाई जस्तो देखियो’ भन्दै दलित समुदायको आत्मसम्मानमाथि ठेस पुर्याउने अति तुच्छ बोली र जातीय गाली, गलौज गरेको भिडियोमा देख्न सकिन्छ ।

सशक्त दलित एकता समाज, दक्षिण कोरियाले उक्त भिडियो र अभिव्यक्तिलाई सिङ्गो दलित समुदायमाथिको अपमान र आत्मसम्मानमा चोट लागेको भन्दै २०७६ जेठ ५ गते प्रेस विज्ञप्तीमार्फत कारवाहीको माग गरेको छ ।

समाजलेस्वदेश छोडेर बिदेशमा हुँदा समेत यस्ता तुच्छ बोली बोल्नेलाई जातीय विभेद र छुवाछूत कसुर ऐन अनुसार कारवाहिको माग गर्दै नेपाली राजदुतावास दक्षिण कोरियालाई निवेदन दिएको विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तै समाजले गैर आवासीय संघ दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, नेपाल सम्पर्क समिति एनसीसी दक्षिण कोरियाका अध्यक्ष अन्जु केसीलाई समेतलाई भेटेर कारवाहीको माग गर्दै पत्र बुझाएका छन् ।

केही महिना अगाडी मेनपावर ब्यबसायी राम तामाङले कुबेतमा कार चलाउँदै फेसबुक लाइभमा दमै, कामीको जस्तो अनुहार भनी अन्य ब्यक्तीलाई गाली गर्दा दलित एकता संजाल नेपाल, कुबेतले नेपाली दूतावास कतारमा कारवाहीको माग गरेपछि जातीय गलौज गर्ने राम तामाङले दलित समुदायसँग सार्बजनिक रूपमा पत्रकार सम्मेलनमै माफी मागेका थिए ।

यसो भन्छ जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लेः

कसैले पनि जातको आधारमा जातीय विभेद, गाली गलोज या कसैले श्रब्य ( दृश्य सामाग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पुस्तक, पोस्टर वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्सन वा अन्य कुनै जात जाती वा उत्पतिका ब्यक्तिहरुको उचनिच दर्शाउने, जातजातिका आधारमा हुने सामाजिक बिभेदलाइ न्यायोचित ठहराउने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यबहारबाट त्यस्तो संकेत गर्ने वा जातीय बिभेदलाई कुनै पनि किसिमले अभिबृद्दि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुदैन । यदि यस्तो कार्य गरेमा अपराधको प्रकृति हेरि तीन महिना देखि तीन बर्ष जेल वा एक हजार देखि २५ हजार जरिवाना वा दुबै सजाय हुन सक्ने छ । (जातीय छुवाछूत ऐन २०६८) २ असोज २०७५ मा यो ऐन संशोधन भएको छ । संशोधनमा अपराधको प्रकृति अनुसार दुई महिनादेखि तीन बर्ष सम्म कैद र २० हजार देखि एकलाख रुपैया सम्म जरिवाना र दुई लाख सम्म क्षतिपुर्ती भराउने कानुनी ब्यबस्था रहेको छ ।