Please Update Your Browser.

मानसिक सन्तुलन गुमाएकी किशोरी बलात्कार गर्ने रंगेहात पक्राउ

काठमाडौं । बारामा बलात्कारीलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् ।

बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार गरिरहेका व्यक्तिलाई स्थानीयले रंगेहात पक्राउ गरेका हुन् ।

स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरिरहेका थिए ।

बलात्कार गरिरहेकैबेला स्थानीयले मण्डलाई नियन्त्रण गरेर प्रहरीको जिम्मा लगाएका थिए । अर्का व्यक्ति भने भागेका छन् । भाग्नेको नाम ठेगाना खुल्न सकेको छैन ।

स्थानीयका अनुसार करिब १६ वर्ष उमेरकी किशोरी आइतबारदेखि गाउँमा देखिएकी थिइन् । उनी कहाँबाट आएकी हुन् भन्ने स्थानीय कसैलाई थाहा छैन ।
बलात्कृत किशोरीलाई मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको छ । किशोरी शारीरिक रूपमा सामान्य देखिन्छिन् । तर उनी आफ्नो तथा अभिभावकको नाम, ठेगाना बताउन सक्दिनन् ।