Please Update Your Browser.

यौन शोषणमा परेका बालबालिकालाई हुने मनोसामाजिक समस्या बारे शिक्षकलाई तालिम

कोसेली समाचारदाता

काठमाडौं । व्यवसायीक यौन शोषणमा परेका बालबालिकाहरुमा हुने मनोसामाजिक समस्याका बारेमा शिक्षकहरुलाई तालिम दिइएको छ ।

चेन्ज नेपालले काठमाडौंका सरकारी विद्यालयमा अध्यापन गराइरहेका प्राधानाध्यापक तथा शिक्षकहरुलाई व्यवसायीक यौन शोषणमा परेका तथा पर्न सम्ने सम्भावित बालबालिकाहरुलाई हुन सक्ने मनोसामाजिक समस्याका बारेमा दुई दिनको तालिम दिएको हो ।

चेन्ज नेपालका अध्यक्ष मोहिनी लामाका अनुसार दुई दिनसम्म चलाइएको तालिममा काठमाडौंका १६ सरकारी विद्यालयका ३० जना शिक्षकको सहभागीता रहेको थियो ।

तालिममा त्रिचन्द्र क्याम्पस काठमाडौंको मनोविज्ञान तथा दशनशास्त्र विभागका प्रमुख डा. नारायण प्रसाद शर्मा, प्राध्यापक डा. भारती अधिकारीले मनोसामाजिक समस्या भएका र हुनसक्ने सम्भावना भएका बालबालिकाको लागि शिक्षकले निभाउन सक्ने भूमिकाका बारेमा सहजिकरण गरेका थिए ।