Please Update Your Browser.

‘गुड टच र ब्याड टच’ बारे किशोरीलाई अभिमुखिकरण

ललितपुर । परिचित वा अपरिचितबाट हुन सक्ने यौन दुव्र्यवहारका बारेमा किशोरीहरुलाई अभिमुखिकरण गरिएको छ ।

चेन्ज एक्सन नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा किशोरीहरुलाई ‘गुड टच र ब्याड टच’ का साथै आफ्नै वा पराई व्यक्तिबाट हुन सक्ने यौन दुव्र्यवहारका बारेमा अभिमुखिकरण गरेको हो ।

चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घलेले ‘गुड टच र ब्याड टच’ अर्थात राम्रो र नराम्रो नियतले हुने छुवाई ९छुने काम० कस्तो हुन्छ रु कसरी छुदा अथवा टच गर्दा राम्रो भन्ने र कसरी टच गर्दा नराम्रो भन्ने बारेमा जानकारी गराएको बताइन् ।

बढ्दो उमेरका किशोरी अर्थात बालिकाहरुलाई आफ्नै वा पराईबाट गलत व्यवहार भए कसरी प्रतिकार गर्ने र हुन सक्ने घटनाबाट कसरी जोगिने भन्ने बारेमा जानकारी दिइएको पनि घलेले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख एवम् ललितपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विकाशमान श्रेष्ठले बालिकाहरुलाई ढाडस दिँदै भने, ‘म सानो छु । मेरो कुरा कसले सुन्छ र भनेर गलत कुरा नसहनुस् । आफूले भोग्ने समस्याका बारेमा खुलेर अभिभावक वा आफन्तलाई जानकारी गराउनुस् ।’

यस्तै चेन्ज एकसन नेपालले सोही कार्यक्रममा ४४ जना बालिकालाई यस आर्थिक वर्षको पहिलो चरणको कार्यक्रम अन्तरगत शैक्षिक सामग्री वितरण गरेको छ ।

चेन्ज एक्सन नेपालकी सायरा कार्कीका अनुसार सिमान्तकृत तथा आर्थिक अवस्था अत्यत्न कमजोर भएका सरकारी विद्यालयमा अध्ययनरत ४४ जना बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

चेन्ज एक्सन नेपालले आर्थिक अवस्था अत्यन्त कमजोर भएका बालिकाहरुका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको उनले बताइन् ।