Please Update Your Browser.

दलित महिला सदस्यले कुटिन वृद्धा महिला

पाँचथर । पाँचथरमा जनप्रतिनिधि महिलाले सर्वसाधारण वृद्धा महिलालाई कुटपिट गरेकी छन् ।

पाँचथरस्थित फिदिम नगरपालिका १४ लुङरुपामा दलित महिला सदस्य तेजमाया विक राईले मंगलबार सोही ठाउँकी ६० वर्षिया वृद्धा लक्ष्मीमाया विकलाई कुटपिट गरेकी हुन् ।

दलित महिला सदस्य तेजमायाविरुद्ध कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी गरिएको छोरा प्रकाश बिकले बताए ।

कुटपिटबाट घाइते भएकी विकलाई पाँचथर अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । कुटपिट र लछारपछारबाट उनको ढाड र शरीरका विभिन्न भागमा चोटपटक लागेको छोरा प्रकाशको भनाइ छ ।

आफू निर्वाचित प्रतिनिधि भएकोले मान्छे कुट्ने अधिकार पनि पाएको भन्दै मंगलवार बिहान तेजमायाले आफूलाई कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेको घाइते लक्ष्मीमायाले बताईन् ।

घर लिपपोत गर्ने माटो खनिएको सामान्य विषयमा विवाद हुँदा महिला सदस्यले लक्ष्मीमायालाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।