Please Update Your Browser.

मदनबाबा भक्ति केन्द्रको अध्यक्षमा ठाकुर प्रसाद श्रेष्ठ चयन

काठमाडौं । मदनबाबा भक्ति केन्द्रले केन्द्रिय कमिटी पूनर्गठन गरेको छ । संकटमोचन स्वरुप मदनबाबाको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित भेलाले ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षतामा तेह्र सदस्यीय केन्द्रिय समिति पूनर्गठन गरेको हो ।

भक्ति केन्द्रको उपाध्यक्षमा शारदा तिवारी र महासचिवमा महेश कुमार श्रेष्ठ चयन भएका छन् । भेलाले दानबहादुर रावललाई कोषाध्यक्षमा चयन गरेको छ ।

लोकेन्द्र कुवर, रेणु सिंह, शशी स्वार, शर्मिला श्रेष्ठ, सरस्वती श्रेष्ठ, मुन्नी चौधरी, सोममैया श्रेष्ठ, बद्रि बहादुर थापा र सकुन्तला श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् ।