Please Update Your Browser.

श्रीमतीमाथि बञ्चरो प्रहार गरी आत्म समर्पण

काठमाडौं । बाँकेमा एक श्रीमानले श्रीमानले श्रीमतीमाथि बन्चरो प्रहरी गरी आत् समर्पण गरेका छन् । बञ्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् ।

बाँकेको जानकी गाउँपालिका वडा–३ मानपुरका ५९ वर्षीय पञ्चराम हरिजनले आज शनिवार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरी प्रहरी समक्ष आत्म समर्पण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैं प्रहरी कार्यालय पुगेका थिए । पञ्चरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको थाहा भएको प्रहरी नायब निरीक्षक राजकुमार सिंहले  बताए ।