Please Update Your Browser.

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे आज अनलाइन वेबिनार

काठमाडौं । कोभिड—१९ संक्रमणका दौरान छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र आउन सक्ने चुनौतीहरु विषयमा अनलाइन वेबिनार हुने भएको छ ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आयोजना गर्ने वेबिनार आज जेठ १७ गते शनिबार १ बजेबाट शुरु हुने सञ्जालका केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिइन् ।

डा. अधिकारीले सहजिकरण गर्ने कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद मन जिसी केसी प्रमुख वक्ता रहनेछन् ।

आयोजकका अनुसार कार्यक्रममा सात वटै प्रदेशका महिला मानव अधिकार रक्षक लगायत मानवअधिकार र प्रजनन् स्वास्थ्य अधिकारको मुद्दामा सरोकार राख्ने व्यक्तिहरुको सहभागिता रहनेछ ।

कार्यक्रम महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल (National Alliance of Women Human Rights Defenders NAWHRD) को फेसबुक पेजबाट समेत प्रत्यक्ष रुपमा प्रसारण हुनेछ ।