Please Update Your Browser.

गर्नु पर्छ सोच परिवर्तन

परिर्वनका नारा खुबै लगायौं, नमिलेको सत्तालाइ मिल्न बाध्य बनायौं
पितृसत्ता भन्दै समानताको बिगुल बजायौं, परिवर्तन आयो भनेर मख्य भयौं
हिजोका महिलाहरुले माग गर्थे, आजका महिलाले दावी गर्न थालेका छन् ……२
पक्कै पनि यो परिवर्तन हो, समानताका सोचहरू उदाईरहेका छन् 
के साच्चै परिवर्तन आएकै हो त ? एक पटक आत्मसात गरौं त ………….२
कहिलेकाहिँ हुने अपराधले सोच्न बाध्य बनाउँछ, अझै परिवर्तन हुन बाँकी नै छ
प्रश्न गरौं आफैलाई उत्तर पनि आफै खोजौं, नजाऔं धेरै टाढा सोचको बिकार आफैले फालौं
परिवर्तन त समय होइन व्यक्ति हुनुपर्छ, बिकार ल्याउने पुरातन सोच मूल्य मान्यतालाई फाल्नै पर्छ। 

रसना ढकाल

भेरी नदीमा बगेर गए पवित्र प्रेमका सुगन्धहरू ….२
दलित र गैर दलित विभेद गर्ने अझैं छन त्यस्ता गन्धहरू
ती मानव होइन दानव हुन्, जसले प्रेमलाई स्वीकार गर्न सकेनन् ….२
दलित भन्दै मारिन्छन् मान्छे यहाँ, अझै सोचमा परिवर्तन ल्याउन सकेनन्
दुःखको कुरा हो यो ठूला कुरा गर्ने हाम्रो बीच, सानो सोचका पनि मानव छन् …२
हे प्रकृति तिम्रो सुन्दर सृष्टिभित्र मानव रुपी दानवहरू पनि छन् । 

 कानूनको अनभिज्ञता क्षम्य हुदैन, कानून भन्दा कोही माथी हुदैन
दण्ड त्यसले पाउनै पर्छ, जसले समाजलाई आतकिंत बनाइ रा’छ
दलित भन्दै हत्या गर्ने दोषीलाई व्यक्तिले होइन, कानूनी राज्यले सजाय दिनै पर्छ
जातपात, धनी, गरिब मानवले बनाएको स्तरमा तल्लो सोचले राज्य चलाइ रा’छ
परिवर्तन हुन बाँकी नै छ, अहिले नै हामी मख्ख नपरौं
एक अर्कामा सम्मानको दीयो बालौं, अपमानलाई जरैबाट फालौं ।