Please Update Your Browser.

“आउछु फर्केर” सार्वजनिक

कोरोनाको महामारीमा बिदेशी भूमिमा रहेका नेपालीहरुकाे पीडालाई समेटेर तयार पारिएकाे प्रभावन जेकाे लाेक तथा दोहोरी गीत “आउछु फर्केर” सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजले बजारमा ल्याएकाे उक्त गितमा लोक तथा दोहोरी गायक, सर्जक प्रभावन जेकाे शब्द , लय र  स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको  भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जेकै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।  

केही समय पहिले प्रभावन जेको टिमले सामाजिक सचेतनामूलक गितहरु कालापानि, काेराेना (covid-19), घरमै बसाै नकाे साथमा चेतनामूलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

यो गीत हामी सबै नेपालीको घरको कथा भएकाले सम्बन्धित निकायको ध्यान पुर्‍याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एण्ड फिल्म्स इ. प्रा.लि.का संचालक सदस्य राजाराम गौतमले जानकारी दिए ।

(भिडियो हेर्नुहाेस )