Please Update Your Browser.

सेती प्रादेशिक अस्पतालको घटनामा हाम्रो संलग्नता छैनः सुदूरपश्चिम फाउण्डेशन

कोसेली समाचारदाता

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको भनिएको घटनामा सुदूरपश्चिम फाउण्डेशनको नाम जोडिएको भन्दै त्यसप्रति फाउण्डेशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो असार ५ गते दिउँसो अस्पतालको प्रयोगशालामा भएको भनिएको घटनामा फाउण्डेशनको नाम जोडेर प्रचार गर्न खोजिएका हल्लाहरु बद्नीयतपूर्ण, तत्यहीन र भ्रामक रहेको जिकीर फाउण्डेशनको छ ।

सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ती कार्यप्रति हामी खेद व्यक्त गर्दै फाउण्डेशनको नाम जोडेर भ्रम छर्न गरिएका प्रयासहरुको जोडदार रुपमा खण्डन गर्दछौं ।’

हेर्नुस् विज्ञप्ति