Please Update Your Browser.

तिम्रो सहादतको खबरले ऐसेलु फुलेको वसन्तमा पनि रम्न सकिन

सन्दर्भ जनयुद्ध दिवस

Bibas-kumar-Sejuwal2
विवस कुमार सेजवाल

सन्दर्भ जनयुद्ध दिवस
मानिसको जन्मपश्चात् मृत्यु स्वाभाविकै रुपमा हु“दै आएको छ । तर मुत्युका थुप्रै परिभाषा, ओज, गरिमा भने आफ्नै ठाउ“मा हुनेरहेछन् । वीर जोदाहा साहसी योद्धाहरुले रोज्ने मृत्यु जो कसैले रोज्न सक्दैन रहेछ । यो इतिहास हामीले देखेका छौं । ज्यु“दै आगोभित्र हाम फाल्ने र दुश्मनका अगाडि जीपीएमजी, एसएलआर, एम–१६, एलएमजी लगायतका अत्याधुनिक हतियारका गोली बर्संदा पनि त्यो गोलीको परबाह नगरी दुश्मनको बङ्कर कब्जा गर्दै अगाडि बढ्ने, लाखौ गोलीको वीचमा मृत्युको खालि ठाउ“मा जीवनलाई स्थापित गर्ने काम जो कसैले सोंच्न पनि सक्दैन ।
 
 नेपालमा जनयुद्व सुरु भएदेखि यता १४ हजार नेपाली आमाका सर्वोत्तम सन्तानले नेपाली धर्र्तीलाई आफ्नो रगतले रङ्गाइसकेका छन् । यो रक्तिम इतिहासको महाअभियानभित्र कैयौं साथी अपा¨, कैयौ साथी अन्धा भएका दुखद घटना पनि यही भित्रै छन् । यस्तै दुःखद भावनाले होला युद्धयात्राका क्रममा मेरा आ“खाबाट कैयौं पटक आ“सु बगिसकेको छ । त्यही भावनाले मेरो मुटु पिरलिरहदा एक्कासि आफ्नै आफन्त गुमेको खबर पुर्वी पाल्पाको हावामा मेरो कानमा ठोक्कियो मैले त्यो समयमा आफूलाई समाल्न सकिन । मेरो मुटु पिरलिन थाल्यो । मलाई मेरो जीवनका सानातिना घटनाले कहिल्यै पनि प्रभावित बनाएनन् । तर यो पटक मृत्युको भावनाले छोयो र म रुन थालें । मेरा साथीहरु कमै विश्वास गर्थे । ममा धेरै ठट्याउलीपन भएर पनि हुन सक्छ साथीहरु मलाई जतिबेला पनि रमाइला र उरन्ठ्याउला कुरा गरेर दिन बिताउन चाहन्थे । म भावनामा ढुबेको विश्वास गर्न नसक्ने कुरा मेरो त्यो बानीले गर्दा पनि होला तर आज म त्यस्तो थिइन ।
 
 हामीले मुक्ति र मृत्युको कसम खाएका छौं । मान्छे आदर्श मानवको हिसावले त्यतिकै स्पष्ट हुने कुरा भइहाल्यो । मेरा युद्धकालीन समयमा आ“खाबाट कैयौ पटक आ“शु बगेका हुन् भन्ने लाग्छ । पूर्वको गाउ“घरे जीवनकालमा हु“दा त कैयौ पटक आ“खाहरु रसाएकै थिए । त्यो एउटा न्यूनचेतना र विचारको दरिद्रताले होला । २०५९ सालपछि विचार र भावनाको फ्यूजन गर्नु पर्छ भन्ने स्पष्टतासहित आन्दोलनको रणभूमिमै रमाएको पनि करिब १० बर्ष पुग्यो । तर पनि कैयौ पटक आ“सु झर्न गए । क्रान्तिमा कहिलेकांिह मलाई लाग्छ आ“शुको भेल पनि तर्नु पर्ने ह“ुदो रहेछ ।
     यो विश्व–ब्रमाण्डमा निर्जीव प्राणीबाहेक सजीव प्राणीमा भावनाको खानी नै हुन्छ । त्यस्तो दुखद घटना घटेपछि सबैले आ“शु बगाउ“छन् । सानो भुसुना नै किन नहोस् त्यसलाई पनि त आफन्तका बथानको दयामाया लाग्छ । सबैभन्दा चेतनशील र सम्वेदनशील प्राणी भनेको मानिस नै हो भने उसको जस्तो भावना अरु कसैमा हुदैन, यो धु्रव सत्य कुरा हो ।
 
जीवनका केही दर्जन वसन्त बितिसकेका छन् र कैयौ वसन्त बित्न र बिताउन बाकी नै छ । मेरो हृदयको टुक्रा जस्तो भतिज भरत सेजुवाल(क.भिमसेन)लाई गुमाउ“दाका क्षण दुखद र पीडायुक्त भए । मैले त्यतिबेला आफ्नो भावनालाई थाम्न सकिन तर पनि के गर्ने त्यसमा कठोरता र निष्ठुरपन क्रान्तिले नै ल्याइदिंदो रहेछ । जुन परिवेश बन्यो त्यसैस“ग रम्न सक्नु पर्दो रहेछ । सायद ऊ ढलेको अहिले ८ महिना भयो । अब आउने दिनहरुमा ऊस“ग सहकार्य र सुखदुख साट्न कहा“ पाइनेछ र ? ऊ यो धर्तीमा रहेन । ऊस“गको सहकार्य गर्ने मेरो मनको सपना सपना मै सीमित भयो । बितेका वसन्त ऋतुहरुमा मैले भीमसेनलाई सम्झें र बिरासतीय यात्राको स्मरण गरें । मेरा आ“खा रसाउन छोडेनन् । म गाउ“घरतिर गएको बेला पालुवा पलाउन थालेका थिए र ऐसेलु फुलेर बन पुरै ढकमक्क ढाकेको
थियो । त्यो देख्दा मन रमाउन खोज्थ्यो तर जब उसको सहादतको खबर सम्झिन्थें मनै भरङ्ग हुन्थ्यो । वनमा वसन्त आएपनि मनमा वसन्त नआएपछि रम्न नपाइने रहेछ ।
 सहिद भीमसेन र मेरो सहकार्य र सहानुभूतिको कुरा गर्दा सायद अहिलै टुङ्गिन्छ भन्ने लाग्दैन । उहा“भन्दा म करिब १ महिना मात्र जेठो थिए“ । सानैदेखि १५ वर्षसम्मको उमेरमा आउ“दा एउटै घर, एउटै आ“गन, एउटै थालीमा खादै, खेल्दै आइयो । ७ कक्षासम्म पढ्दा एउटै ब्याज र एउटै कोठामा पढ्दै आइयो । पढाइमा पनि उहा“को दिमाग त्यत्तिकै तिखो थियो । उहा“ अन्याय र अत्याचारलाई भने कहिल्यै सहन सहन नसक्ने मान्छे । कहिलेकाहिं विद्यालयमा त्यस्तो झगडा हुन लाग्यो भने शान्त पार्नको लागि सधै अग्रसर हुने व्यक्ति । मलाई पनि सम्झाउनु हुन्थ्यो–पहिले हामीले गल्ती गर्नु हुदैन काका तर कसैले अन्याय गर्छ भने त्यस्तालाई छोड्नु हुन्न ।’
     
त्यसपछि जनयुद्वको प्रभावले गर्दा म एरिया कलाकार मा २०५७ मा संगठित भए“ । त्यतिबेला हामीले खासै जनयुद्धलाई बुझेका थिएनौ । पछि गएर पार्टीको नीति, सिद्धान्त र कार्य्दिशालाई बुझिसकेपछि म पढ्दा–पढ्दै पुर्ण रुपमा आन्दोलनमा समर्पित हुन पुगें । उहा“ पनि २ वर्षपछि विद्यालय छोडेर जनमिलिसियामा संगठित भएर काम गर्नु भयो । पार्टीप्रति उहा“को पनि धेरै चासो बढिसकेको थियो । मैले करिब एकवर्ष मात्र कालीकोटको कलाकारमा काम गरेपछि सोही जिल्लाको कलाकार टिम कर्णाली जनसा“स्कृतिक परिवारमा सरुवा भए“ । बेला–बेलामा उहा“संग भेट भइ नै रह्यो । अब म पनि आन्दोलनमा प्रवेश गर्छु भन्ने प्रस्ताब पछि मैले इन्कार गर्ने कुरै भएन । परन्तु उहा“को घरायसी समस्याले गर्दा पूर्ण रुपमा आन्दोलनमा लाग्न भने सक्नु भएको थिएन ।
 
करिब चार महिना मात्र म कालीकोटको जिल्ला कलाकार टिम कर्णाली जनसा“स्कृतिक परिवारमा काम गरेपछि पार्टीले म लगायत ६ जना साथीलाई दाइ शिशिरको कमाण्डमा कालीकोटको जिल्ला कलाकारबाट बाजुरामा सरुवा ग¥यो । त्यतिबेला बाजुरामा कलाकारको टोली गठन भएको थिएन । त्यो जिल्लामा दुश्मनको
पनि त्यस्तै हस्तक्षेप थियो । हामी गइसकेपछि ६ जनाको जिल्ला सा“स्कृतिक टिम गठन ग¥यौं । संगठनलाई विस्तार गर्दै जा“दा एकवर्षको अवधिमा हामीले ६० जना कलाकारको फर्मेशन निर्माण ग¥यौ ।
 
२०६२ सालको साउनको महिनामा मलाई सेती–महाकालीको क्षेत्रीय कलाकारमा बाजुराबाट सरुवा गरियो । हामी सेती–महाकालीकोे क्षेत्रीय सम्मेलनको समापन लगत्तै पश्चिम कमाण्डको सा“स्कृतिक कला प्रशिक्षण कार्यक्रम अछामको रामारोशनमा चल्दै थियौं । त्यसमा भेरी–कर्णाली र सेती–महाकालीका कलाकारहरुको जमघट भएको थियो । हामी रोमाञ्चक तरिकाले आफ्नो गृहकार्यलाई अगाडि बढाइराखेका थियौं । अछामको रामारोशन र भटाकाटियामा जनमुक्ति सेना पनि केन्द्रित हु“दै थियौ । त्यतिबेला बाजुरा जिल्ला सदरमुकाम मार्तडी आक्रमण गर्ने पार्टीको योजना रहेछ । विविध कारणले गर्दाखेरि त्यो योजना बाहिर हुन पुग्यो र विफल भयो । त्यसै कारणले जनमुक्ति सेना सोही ठा“उमा ४÷५ दिनसम्म बस्ने भएकोले जनमुक्ति सेनाले सा“स्कृतिक कार्यक्रमको आयोजना गरेपछि हामी सा“स्कृतिककर्मीहरु कार्यक्रमस्थलतिर लाग्यौ । क.भीमसेन पूर्णरुपमा आन्दोलनमा लागेर सैन्य संगठनमा गइसक्नु भएको रहेछ । मलाई यो कुरा थाहा नै थिएन । म कार्यक्रमस्थलको पछाडिपट्टि बेन्चमा बसेको थिए“ । थुप्रै साथीहरुस“ग भेट ह“ुदै थियो । उहा“ मलाई देखेर भेट्न आउनु भयो । मैले उहा“लाई चिन्नै सकिन । उताबाट सैन्य पोसाकको कम्ब्याट सहित हातमा राइफल लिएर काका लालसलाम भन्दा ममा खुसीको सीमा नै रहेन । हामीस“ग समय त थिएन तैपनि समयस“ग क्षमा माग्दै हामी दुबैले सुखदुखका कुराकानी ग¥यौं । उहा“ले रुकुम–रोल्पा गएको खबर सुनाउनु भयो । वर्गसंघर्ष र अन्तरसंघर्षबारे, पार्टीको नीति–सिद्धान्तबारे हामीले छलफल ग¥यौं । उहा“ले ध्यान दिएर सुन्नु भयो । प्रतिक्रिया माग्दा–म सेनामा छु, जनमुक्ति सेनाको दायित्व भनेको मुक्तिको लागि मर्न तयार रहनु हो । म आन्दोलनबाट कहिंकतै विचलित हुनेछैन बरु परेपछि बलिदान गर्न तयार रहनेछु र सहिद बन्छु । तपाईले धेरै विकास गर्नू होला । मेरो लागि केही चिन्ता नलिनू भन्दै मलाई रुमाल सम्झना स्वरुप उपहार दिएर हात हल्लाउ“दै जानु भयो ।
त्यो भेटले ममा उत्साह पैदा भयो । उहा“को ग्रुप पछिल्लो दिन नै हिंड्ने रहेछ । हामी रामारोशनको कालापातल भन्ने गाउ“मा बसेका थियौं । उहा“को फर्मेशन त्यही बाटो भएर आयो । हाम्रो भेट फेरि भयो । कुराकानी गर्न त पाइएन सलाम भने ग¥यौं र उहा“ आफ्नो फर्मेशनको लस्करमा गइहाल्नु भयो ।
 
 हामीले त्यो तालिम सिध्याएर अभियानमा जानु पर्ने थियो । सेती–महाकालीका थुप्रै जिल्लाहरुमा अभियान चलाउ“दै थियौं । हामी त्यतिबेला डडेल्धुरामा जा“दै थियौ । कालीकोटको ऐतिहासिक पिली आक्रमण भएको हामीले त्यहीं सुन्यौ । हामीले त्यो खुसीको खबरमा विजय उत्सव पनि मनायौं । कलाकार भएको हैसियतले विजयको गीत गायांै ।
 
त्यो अभियानमा हामी कैलाली, कञ्चनपुर, बर्दियाका भूभागमा थियौं । हामीलाई कैलालीको खिमडीमा आउन पार्टीको निर्देशन आयो र सोअनुरुप त्यही ठाउ“मा पुग्यौ पनि । त्यहा“ हामी पार्टीका आन्तरिक र बाह्य थुप्रै कार्यक्रममा सहभागी भयौं र पार्टीको नया“ प्लान डाढमा टेकेर टाउकामा हान्ने रणनैतिक प्रत्याक्रमणको दोश्रो चरणबारे जानकारी पायौं । विभिन्न जनवर्गीय संगठनबाट सैन्य संगठनमा भर्ती हुने लहर थियो । कलाकारमा पनि सेनामा जाने प्रसंग चल्यो । त्यतिबेला सेती–महाकाली क्षेत्रमा ३ वटा कलाकारका कम्पनी थिए । ३ वटै कम्पनीबाट मिलाएर १९ जना कलाकार सेनामा जाने भन्ने पार्टीको निर्देशन आयो । कम्पनी भीसी क.संगीताको कमाण्डमा हामी कलाकारहरु सेनामा आयांै । त्यतिखेर दुश्मनको मुख्य डाड मानिने गण्डक क्षेत्रतिर हाम्रँे मार्च सुरु भयो । हामी सुर्खेत, अछाम, कालीकोट, जुम्ला, टोप्लालेक हु“दै जाजरकोट, रुकुम, रोल्पा, सल्यान, गुल्मी, अर्घाखा“ची र पाल्पामा करिब दुई महिना लगाएर पुग्यौं । पुग्ने बित्तिकै पाल्पा जिल्ला सदरमुकाम आक्रमण गर्ने पार्टीको प्लान रहेछ । हामीलाई जानकारी थिएन तर कुनै न कुनै सदरमुकाम वा बेस क्याम्पमा आक्रमण हुन्छ भन्ने शंका थियो । पछि सातौं डिभिजनलाई डिभिजन सहकमाण्डर क.जीवनले रोलकालमार्फत कोचिङ् गर्नु भयो । हामी २०६२ माघ १७ गते अन्तिम सेल्टरतिर लाग्यौ । १८ गते हामी आक्रमणको लागि ठीक प्वाइन्टमा पुग्यौं । हाम्रो आर्क पनि मिलाइसकिएको थियो । चौथो डिभिजन, पा“चौ, छैटौ, र हाम्रो सातौ डिभिजन जम्मा थिए । छैटौ डिभिजनमा मेरो प्यारो भतिज भीमसेन हुनुहुन्थ्यो । त्योबेला म डिभिजन भीसी जीवनस“ग थिए“ । हाम्रो फाइट करिब राति ११बजेबाट सुरु भएको थियो । हामी बिहान ४ बजेसम्म तानसेन बजारमै थियौं । आक्रमण गरेर हामी रिट्रिट भइसकेपछि आठजनाको क्षति भएको खबर आयो । तिनै आठजनाभित्र मेरो प्यारो भतिज भिमसेन पनि परेछन् । त्यस डिभिजनका धेरैलाई म चिन्दिन थिए“ । क.मिराअनुुपमलाई भने चिन्थें । उहा“ ढलेको खबर फिल्डमै थाहा पाइएको थियो । बुझ्दै जा“दा हाम्रो ग्रुपबाट कम्पनी कमाण्डर क.सुमनगोविन्द र क.निर्माता घाइते भएका थिए । यो खबर सुनिसकेपछि भावनात्मक पक्षले त छोएकै थियो तर छैटौ डिभिजनको एकजना साथीले भरत सेजुवाल(क.भीमसेन)को पनि सहादत भएको खबर पु¥याए । म केही बोल्न सकिन, मेरो गला अवरुद्ध भयो । त्यो दिन संसार नै अध्यारो देखें । आ“खाबाट अनायासै आ“सु खसे । मेरो शरीर पूरै झमझमाए जस्तो हुन थाल्यो । बिरासतीय इतिहासका उनीस“गका सबै सहकार्य, उठबसका घटना स्मरण हुन थाले । छातीमा बैरीप्रति घृणा र भतिजप्रति झन् अपार पे्रम बढ्न थाल्यो । यो हृदयविदारक खबरले गर्दा भक्कानो फुटेर आउन थाल्यो । खाना खाने समय भयो तर प्रत्येक गासमा उनको अनुहार झलझल्ती देखिन थाल्यो । त्यो चम्किलो अनुहार मैले आफ्नै आ“खा सामुन्ने देख्न थालें । ‘ल काका स“गै भात खाऔ’ भने जस्तो कानमा सुनिन थाल्यो । भात त के खाइन्थ्यो र त्यो दिनमा म त्यसै विरक्तिएर सुतें ।
 
पछि कपिलवस्तु आक्रमणका बेला क.विश्वप्रकाशस“ग पाल्पामा भेट भयो । मैले उहा“लाई देख्ने बित्तिकै क.भीमसेनलाई सम्झें । उनलाई सम्झेर मेरो आ“खाबाट आफै आ“सु झर्न थाल्यो सहिद भीमसेन भावनात्मक रुपमा मेरा अनन्य साथी थिए । मान्छेका वीच घेराबाटै म हुत्तिंदै विश्वप्रकाशनेर गए“ । भीमसेनको खबर बुझ्न लागें । उहा“ले भीमसेन पहिलो एसाल्टमा सेक्सन कमाण्डर कुरा गर्नु भयो । भीमसेनले एलएमजीको कमाण्ड गरेर जानु भएको रहेछ । मोर्चामा उहा“को निधारमा गोली लागेको थियो । उहा“को दाहसस्ंकार मैले आफै नै गरको कुरा विश्वप्रकाशले भनेपछि उनी सहादत भएको सुनिश्चित भयो । यसले मेरो मुटुमा झनै एउटा
सियोले घोचेझंै भयो र मन पोल्न थाल्यो । मैले भावना थाम्न सकिन । अनि एकान्त कुनामा बसेर म धेरैबेर रोए“ ।
 
उनको सहादत भएको करिब ५ महिनापछि वसन्त ऋतुको मौसमस“गै म र दाइ संघर्ष घर भेटघाटमा गयौ । त्यहा“ भतिजाको सहादतको खबर पहिले नै पुगिसकेको थियो । त्यो दुःखद खबरले गर्दा घर शोकाकुल थियो । सारा गाउ“ आ“सु झारेर रोइरहेको थियो । यो देख्दा म झन् चुलीपहाडबाट खसे झैं भए“ । त्यही पहाडको छेंउ“मा गएर मैले आफ्नो सम्वेदनालाई पोख्न थालें । उनीस“गका वाल्यकालका घटनाहरु ताजा भएर आए । मलाई चुलीले नै आ“सु बगाउन थाले झैं लाग्यो । त्यहीं मैले प्रण गरें यी आ“सुलाई आक्रोशमा बदल्नेछु र भावनालाई विचारमा रुपान्तरण गर्दै उनका अधुरा सपनालाई पूरा गर्नेछु । मैले मनमनै उनले शुरु गरेको यो क्रान्ति र वर्गमुक्तिको यात्रा पूरा गर्ने कसम खा“दै महान् आत्मीय सहिद क.भीमसेनलाई हृदयदेखि नै श्रद्धाञ्जली अर्पण गरें र फेरि वर्गयुद्धमा फर्किए“ ।