Please Update Your Browser.

नेपाली महिलाले श्रीलंका ४–० ले हराए

१ फागुन, काठमाडौँ । भारतमा जारी १२ दक्षिण एशियाली खेलकुद ९साग० अन्तरगत शनिबार भएको महिला फुटबलमा नेपालले श्रीलंकालाई ४–० पराजित गरेको छ ।

नेहरु स्टेडियममा भएको समूहको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ४ शुन्यले स्तब्ध बनाउँदै अपराजित यात्रा कायम राखेको छ । समूहको शीर्षस्थानमा रहेको नेपालले खेलको सुरुआत देखिनै श्रीलंकालाई दबावमा राखेको थियो।

resize

खेलको सुरुआती १५ मिनेटभित्र पहिलो गोल गरेको थियो । मनमाया लिम्बुले डि बक्सबाहिरबाट प्रहार गरेको फ्रि किकमा श्रीलंकन खेलाडीले आत्मघाती गोल गरेका थिए ।

नेपालकी खेलाडी सावित्रा भण्डारीले खेलको ६३ र ७४ औँ मिनेटमा गोल गरेकी थिएन यस्तै खेलको ७९ औँ मिनेटमा सपना लामाले गोल गरेकी हुन ।

योसंगै नेपाल समूहमा १० अंकका साथ पहिलो स्थानमा रहदै फाइनलमा पुगेको छ । नेपालले यसअघि भारतसंग बराबरी, बंगलादेशलाई ३ शुन्य, मालदिभ्सलाई २ शुन्यले हराएको थियो ।