Please Update Your Browser.

बाबुरामले पार्टी छोड्दा कत्ति पनि पीडा भएनः प्रचण्ड

१ फागुन, काठमाडौँ ।
एमाओवादी अध्यक्ष प्रचण्डले पूर्व सहकर्मी तथा पार्टी उपाध्यक्ष बाबुरामले भट्टराईले पार्टी छोडेर जाँदा आफूलाई कत्ति पनि पीडा महसुस नभएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अबसरमा राती पाटी अनलाइनलाई अन्तरवार्ता दिँदै ‘माओवादी आन्दोलन सबैको सामूहिक प्रयत्नले अगाडि आएको थियो, तर जनयुद्ध लडेका साथी त्यसरी विभाजित भएर जाँदा मलाई अत्यन्त दुःख र पीडा महसुस भएको थियो । बाबुरामजी जाँदा मलाई कत्ति पनि पीडाको महसुस भएको छैन, के भएको हो म आफैंलाई अनौठो लागेको छ’ भने ।

प्रचण्डले अर्का सहकर्मी मोहन वैद्य पार्टी फुटाउने मुडमा नभए तर वातावरण विभाजित गराएको बताए । ‘अघिल्लो दिन राति १० बजे पनि वैद्यजीसँग पार्टी विभाजन गर्न हुँदैन भनेर कुरा भएको थियो । उहाँ त्यतिबेला पनि पार्टी विभाजन गर्ने मुडमा हुनुहुन्थेन, त्यो कुरा अहिले स्पष्ट नै भइसकेको छ । वहाँको पार्टी विभाजन गर्ने इच्छा नभए पनि वातावरण विभाजित नभइ रहनसक्ने अवस्था रहेन’ अन्तरवार्ताको क्रममा प्रचण्डले भने ।

वैद्यसँग दूरी नबढाएको बताए बताउँदै प्रचण्डले भने, ‘गाली गलौज र बदनाम गर्ने गरी गएनौं ।’ उनले वैद्य फर्केर आउनु ठानेकैले त्यसो नगरेको समेत बताए ।