Please Update Your Browser.

भद्रगोलमय बन्यो महोत्सव

DSC07836२ फगुन, नेपालगन्ज । नेपालगन्जमा जारी मध्यपश्चिमान्चल क्षेत्रिय महोत्सव शनिवार भद्रगोलमय बनेको छ । चर्चित हाँस्य टेली श्रृंखला भद्रगोलका कलाकारहरु जिग्री, पाँणे र रक्षको बेजोड प्रस्तुतीले महोत्सव भद्रगोलमय बनेको हो ।

युएसआएइडि को प्रायोजनमा भद्रगोल टिमले आफ्नो हाँस्यव्यंग्य प्रस्तुतीमार्फत परिवार नियोजन सम्बन्धी चेतनामुलक शन्देश पनि दिएको थियो । परिवार नियोजन स्मार्टबन्छ जिवन भन्दै भद्रगोलका शिर्ष कलाकारहरुले दर्शकहरुलाइ मनोरन्जन सँगै जिवनउपयोगि शन्देश पनि दिए ।

यसैगरी बहुचर्चित गायक सुगम पोखरेलका भिल्के, लखर लखर हिड्यो डुल्यो काम छैन काज छैन..,मेरो एउटा साथि छ.., वर्षै दिनको चाँड.., जस्ता गितहरुले युवा पंक्तीलाइ नचाएको थियो । गायक पोखरेलको पछिल्लो समय निकै चर्चामा रहेको म यस्तो गित गाउँछु बोलको गितलाइ दर्शकहरुले आग्रह गरेपछि दुइपटक गाउनुभएको थियो ।

शनिवारकोे कार्यक्रम अन्य दिनका तुलनामा भव्य देखिएको थियो । कार्यक्रममा कलाकारहरु पनि बहुचर्चित कलाकारहरुको जमघट गाराइएको थियो । बाँके गृहजिल्ला हुनुभएका र विभिन्न १६ सय बढि गितको म्यजिक भिडियो निर्देशनसँगै १२ सय बढि भिडियोमा आफैले अभिनय गरिसक्नुभएका चर्चित मोडल शंकर विसी र नृत्याँगना पार्वती राइको नृत्यले पनि दर्शकहरुलाइ उत्सासिहत बनायो ।

DSC07799

यससँगै, चर्चित लोक दोहोरी गायक रामजि खाँडले हल्ला हल्का लाएको दामी देखिन्छ, धुवाँसरि फैलेछ कुरो त, छल छल पानी, सर सर, बाडुल्की कुक्क.., वनैमा पुल बसायो.., लगायतका गित गाएर दर्शकहरुलाइ धुलो उड्नेगरी नचाउनुभयो । पोखरेल र खाँणले गित गाइरहँदा नाचिरहेका दर्शकहरुको भिँडलाइ नियन्त्रण गर्न प्रहरीलाइ हम्मे हम्मे परेको थियो ।

असंयमित भइ अभद्र व्यवहार गर्ने केहिलाइ प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । महोत्सवका प्रचार प्रसार संयोजक संजय थापाका अनुसार आज करिब पच्चीस हजार भन्दा बढि दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा साँँस्कृतिक कार्यक्रमका साथै मधयपश्चिम क्षेत्रका विभिन्न कला सँस्कृति , घरेलु तथा औधोगिक उत्पादन, कृषि संसाधन लगायतका वस्तुहरुको बृहद प्रदर्शनी पनि भइरहेको छ ।

यसका साथै, विभिन्न संघ संस्थाका जानकारी मुलक सिविरहरु, अष्ट्रिच प्रदलर्शनि, सुधारिएका बाख्रा खोर प्रदर्शनिले पनि महोत्सवको आकर्षण बढाएको छ ।