Please Update Your Browser.

प्रेम दिवसलााई मध्यनजर गर्दै महोत्सव लम्बियो

नेपालगन्ज, फागुन २
माघ २१ गतेदेखि नेपालगन्जको कारकाँदोमा सुरु भएको मध्यपश्चिमान्चल महोत्सव यसअघि फागुन २ गते समापन हुने कार्यक्रम तय भएको थियो । तर भ्यालेन्टाइ डे परेकोले युवा युवतिहरुलाइ लक्षीत गर्दै विशेष प्याकेज तयार पारि महोत्सव समापन हुने आयोजकले जाएको छ ।

आइतवार प्रेम दिवसको अवसर पारि महोत्सवलाइ नै प्रेममय बनाउन नेपाली चलचित्रका चर्चित गायक युवराज चौलागाइ, कोरेर प्रेम पत्र बोलको गितकी गायिक बुनु राइ मानन्धर र लोक दोहोरि गायक नविन पौडेललाइ मन्चमा उतारिने साँस्कृतिक उपसमिती संयोजक अमित बस्नेतले जानकारी दिनुभएको छ ।

आयोजकले दुइ दिनका लागी महोत्सवको टिकट शुल्क पनि १० रुपैयाँले घटाएर ४० रुपैयाँ मात्रै ताकेको छ । प्रेम दिवसको दिन मेला भव्य हुने आयोजकले विश्वास लिएको छ । महोत्सवको समापन सोमवार बिहान ११ बजे हुने कार्यक्रम तय भएको छ ।